बेल्जियममा लक्ष्मी-जयन्ति मनाइँदै

logoINLSअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले लुभेनमा १०४ औँ लक्ष्मी जयन्ति मनाउने भएको छ|
समाजले महाकवी लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा साहित्यिक कार्यक्रमको आयोजना गरी मनाउन लागेको जानकारी गराउदै बेल्जियमस्थित सम्पूर्ण साहित्यिक स्रष्टाहरुलाई कार्यक्रममा सहभागी भै भव्य रुपमा सम्पन्न गर्न आब्हान समेत गरेको छ|
यसै बीच समाजको तेश्रो अधिवेशन समेत हुने भएको छ|तेश्रो अधिवेशनमा बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरेको जानकारी गराएको छ|
कार्यक्रम यहि नोभेम्बर ६ मा दिनको ठिक ४ बजे लुभेनस्थित रेस्टुरेन्ट टेस्ट अफ एसिया(ब्रसेल्स स्ट्राट ४२)को हलमा सम्पन्न हुने भएको छ|