बेल्जियममा राष्ट्रिय एकता दिवस मनाईयो

बेल्जियमका नेपालीहरुले पुस २७ लाई राष्ट्रिय एकता दिवस एवं २९४ पृथ्वी जयन्तीका रुपमा मनाएका छन। आइतवार प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा prithziभएको योगदानको चर्चा गरिएको थियो।

एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समिति बेल्जियमका प्रवक्ता सुवास गुरुङ, क्षेत्री समाज बेल्जियमका अध्यक्ष मोहन खत्री, प्रवासी नेपाली मञ्चका गोपाल सिंखडा, सांग्रिला समाजका अध्यक्ष खड्क केसी, बागलुङ समाजका उपाध्यक्ष महेन्द्र पन्त र अनेसासका महासचिव परमानन्द सापकोटा लगायत थुप्रै नेपालीहरुले पृथ्वीनारायणको योगदानको चर्चा गरेका थिए ।

समाजका अन्त्वेर्पन क्षेत्रीय समिति अध्यक्ष मदन गुरुंगको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिप कुँवरले शुभकामना एंव स्वागत मन्तव्य राखेका थिए भने महासचिव दीपेन्द्र केसीले कार्यक्रमको संचालन गरेका थिए ।