बेल्जियममा मोतीको सम्झना

बेल्जियममा नेपाली स्रष्टाहरुले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको नेपाली भाषा र साहित्यको उत्थानमा रहेको अतुलनीय योगदानको स्मरण गदै १४९ औ जन्म जयन्ती मनाएका छन् |आईतवार बेल्जियमको सेन्त्रुदेनमा सम्पन्न भएको कार्यक्रममा उनीहरुले आदिकवि भानुभक्त आचार्यले थालनी गरेको नेपाली भाषा साहित्यको उत्थान कार्यलाई सशक्त बनाउने अभियानमा रहेको उहाको अतुलनीय योगदानको चर्चा गरेका थिए|

अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम र हिमालयन सोसाईटी सेन्त्रुदेंन बेल्जियमको संयुक्त सहकार्यमा सम्पन्न कार्यक्रममा उपस्थित प्रायजसो स्रष्टाहरुले युवा कवि कै साहित्यिक योगदान र जीवनी बिषयमा आफ्ना रचना सुनाउँदै कार्यक्रमलाई मोतिमय बनाएका थिए | स्रष्टाहरुले कविता,मुक्तक र गजल सुनाएका थिए |

कार्यक्रममा कवि बिमल गिरी,दीपेन्द्र केसी,राजकुमार पुडासैनी,दीपक ज्योति पौडेल,डिल्लीराम अम्माई,मोहन खत्री,माधव सापकोटा,सौरव करन्जित,कुम शाहीले आ-आफ्ना  रचना सुनाएका थिए| यसै गरी कवि राजेन्द्र रसाईलीको कविता पूजा डंगोल रसाईलीले वाचन गरेकी थिइन् |

अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसीको अध्यक्षता तथा दीपक ज्योति पौडेलद्वारा संचालन गरेको कार्यक्रममा कवि दीपेन्द्र केसीले कविको साहित्यिक योगदानको चर्चा गरेका थिए भने डिल्लीराम अम्माईले जीवनी प्रस्तुत गरेका थिए| यसै गरी एनआरएन बेल्जियमका महासचिब माधव सापकोटाले नेपाली भाषा साहित्यको प्रचारप्रसार तथा उत्थानमा अनेसाको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै एनआरएन अनेसास संग सधै सगै रहने बताएका थिए|

कार्यक्रममा नेपाली र बेल्जियन कविहरुको संयुक्त सहकार्यमा प्रकाशित ‘फ्रित नेपाल’ कविता सग्रहको बारेमा पनि समिक्षा गरीएको थियो| अनेसास बेल्जियमले ‘फ्रित नेपाल’ प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राजेन्द्र रसाईलीलाई धन्यवाद ज्ञापन गरेको थियो भने रसाईलीले फ्रित नेपाल बारेमा आफ्ना अनुभव सुनाएका थिए|

हिमालयन सोसाइटीको ब्यबस्थापनमा विजयादशमीको शुभकामना सगै शुरु गरीएको कार्यक्रमको अन्तमा दशैको बेला खाईने नेपाली परम्परागत खाना वितरण गरीएको थियो| कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको थियो|

फोटो / पूजा डंगोल रसाईली  

deependra kcrajendr rasailimoti jayanti