बेल्जियममा मनाईयो ल्होछार (फोटो फिचर)

बेल्जियमका तमु (गुरुङ) समुदायले ‘तमु ल्होछार’ भव्य रुपमा मनाएका छन् । शुक्रवार साझ बेल्जियमको अन्त्वेर्पेंनमा जम्मा भएर प्रल्हो (बाँदर वर्ग) को बिदाइ र च्ह्या ल्हो (चरा वर्ग) लाइ स्वागत गर्दै ल्होछार मनाएका हुन् ।

हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खानाको समेत व्यवस्था गरिएको थियो । ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ,परम्परा हराए मान्छे (जाति) हराउँछ’ भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा बेल्जियमका विभिन्न शहरबाट थुप्रै नेपालीहरु जम्मा भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूतले विविधतामा एकता नेपाली समाजको विशेषता भएको बताउदै यस्ता खाले कार्यक्रमले नेपालीहरुको सौहार्दता बढ्नुको साथै एक अर्का बिचको सम्मानले नेपाली समाजलाई बलियो बनाएको बताए ।44

जीवन गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमका साथै एनआरएन बेल्जियमका आइसीसी सदस्य जानकी गुरुङले शुभकामना दिएका थिए । ओम गुरुङद्वारा संचालन गरिएको कार्यक्रममा राम घलेले अतिथिहरुलाई स्वागत गरेका थिए भने चोकराज गुरुङले सहयोगीहरुलाई धन्यवाद दिएका थिए । त्यसै गरि गमबहादुर गुरुङले ल्होछारबारे जानकारी गराएका थिए । कार्यक्रममा स्थानीयहरूको समेत सहभागिता रहेको थियो ।

 

कार्यक्रममा स्थानीय कलाकारको साथै नेपालबाट आएका गायक एपी शेर्पाले नेपाली गीत गएर कार्यक्रमलाई थप मनोरन्जन प्रदान गरेका थिए । करिव डेढ दशक देखि गुरुङ समुदायको मौलिक पहिचान कायम राख्नको लागि विभिन्न गतिबिधि गर्दै आइरहेको तमु समाज बेल्जियमको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

2

कार्यक्रममा स्थानीय कलाकारको साथै नेपालबाट आएका गायक एपी शेर्पाले नेपाली गीत गएर कार्यक्रमलाई थप मनोरन्जन प्रदान गरेका थिए । करिव डेढ दशक देखि गुरुङ समुदायको मौलिक पहिचान कायम राख्नको लागि विभिन्न गतिबिधि गर्दै आइरहेको तमु समाज बेल्जियमको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।3355