बेल्जियममा बुद्व मूर्तिको स्थापना

बेल्जियमको अन्त्वेर्पेंन स्थित पार्क द ब्रान्दमा गौतम बुद्वको प्रतिमा अनावरण गरियो। मंगलबार एक कार्यक्रमका बीच बेनेलक्स तथा ईयूका लागी नेपाली राजदूत राममणि पोखरेल र अन्त्वेर्पेंन नगरपालिकाका उपमेयर फिलिप हेईलेनले संयुक्तbuda in antwerpen रुपमा उक्त प्रतिमाको अनावरण गरेका थिए। नेपाल र बेल्जियमबीच दौत्य सम्बन्ध स्थापना भएको पचास वर्ष पूरा भएको अवसरमा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ घनिष्ट बनाउने तथा नेपालको सास्कृतिलाई प्रचार गर्ने समेत उद्देश्य राखी दूतावासले उक्त बुद्धको मुर्ति एन्टवर्प नगरपालिकालाई गत वर्ष हस्तान्तरण गरेको थियो ।

ढुंगाले बनेको २.५ फिटको बुद्धको सो प्रतिमा ध्यानमग्न मुद्रामा रहेको छ । उक्त बुद्ध प्रतिमा अनावरण समारोहमा एन्टवर्प नगरपालिकाका पदाधिकारीहरु, बेल्जियमका लागि नेपालका अवैतनिक वाणिज्यदूतहरु तथा बेल्जियममा रहेका विभिन्न नेपाली समुदायका पदाधिकारी तथा प्रतिनिधिहरु सहभागी थिए । समारोहमा मन्तव्य दिंदै नेपाली राजदूत श्री पोखरेलले नेपालमा करिब २६०० वर्षअघि जन्म भई शान्ति र अहिंसाको पथमा मार्गदर्शन दिएका नेपालका राष्ट्रिय विभुति गौतम बुद्धको प्रतिमाको उपहार स्वीकार गरी उक्त प्रतिमालाई स्थापन गरेकोमा एन्टवर्प नगरपालिकालाई हार्दिक धन्यवाद दिएका थिए ।

बुद्धको शान्ति, करुणा र विश्व बन्धुत्वको मार्ग आजको विश्वमा झनै सान्दर्भिक रहेको उल्लेख गर्दै राजदूत पोखरेलले दुई देशका बीच जनस्तरमा समेत बढिरहेको आपसी घनिष्टता प्रतिमाको स्थापनासागै अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । सोही अवसरमा पोखरेलले नेपाल प्राचीन सभ्यतादेखि नै विभिन्न धर्म, सास्कृति, भाषा र रीतिरिवाजको अनुपम सागम रहेको समेत उल्लेख गरे े । नेपालमा हालै गएको भूकम्पबारे चर्चा गर्दै राजदूत श्री पोखरेलले भूकम्पका बाबजुद नेपालका मुख्य पर्यटकीय आकर्षण यथावत नै रहेकोले नेपाल भ्रमणको लागि बेल्जियन समुदायलाई निम्तो समेत दिए ।

सो अवसरमा उपमेयर फिलिपले प्रतिमाको लागि राजदूत तथा दूतावासलाई धन्यवाद दिए । एन्टवर्प नगरपालिकाले सबै सास्कृतिलाई उत्तिकै सम्मान गर्ने गरेको जनाउादै उनले नेपाली सास्कृति तथा उक्त प्रतिमाको स्थापनाले एन्टवर्पलाई थप समृद्द बनाएको बताए । फिलिपले नेपाल र नेपाली समुदायको प्रशंसा गर्दै हालैको भुकम्पले पुयाएको जनधनको क्षतिबाट आफू दूखित भएको बताए ।

यसैगरि राजदूत पोखरेल सोमवार  साझ बेल्जियमको रोस्लार नगरपालिकामा त्यहाका मेयर द्रिक क्लेइसद्वारा सञ्चालित रेस्टुरेन्ट बोरेसले नेपालको भूकम्पपीडितको सहयोगार्थ विशेष रुपमा आयोजना गरेको सहयोग सकलन साझमा सहभागी भए । राजदूत पोखरेलले मेयर क्लेइसलाई हार्दिक धन्यवाद दिदै सो कार्यक्रम आयोजनाको लागि उत्प्रेरित गर्ने उक्त रेस्टुरेन्टमा कार्यरत नेपाली कर्मचारीहरुलाई समेत हार्दिक आभार प्रकट गरेका थिए । उक्त रेस्टुरेन्टले सो दिनको सम्पूर्ण व्यापार रकम नेपाल सरकारलाई सहयोग गर्ने जनाएको छ । दुवै अवसरहरुमा महामहिम राजदूतको साथमा दूतावासका द्वितीय सचिव श्री लक्ष्मण खनाल सहभागी थिए ।

त्यसै गरी केहि समय अगाडी नेदरल्याण्डको डेल्फ स्थित वर्ल्ड कला केन्द्रमा गौतम बुद्वको मूर्ति स्थापना गरीएको थियो । राजदूत पोखरेल र डेल्फ नगरपालिकाका मेयर जीएए भेरकर्कले संयुक्त रुपमा अनावरण गरेका थिए। दूतावासले उक्त मूर्ति डेल्फ नगरपालिकालाई उपहार स्वरूप प्रदान गरेको थियो।

नेपाल र नेदरल्याण्ड बिचको द्विपक्षीय सम्वन्ध एंव दुई देशका जनता बिचको प्रगाढ हुदै गएको आपसी सम्वन्धलाई अझै मजबुत बनाउनुको साथै उक्त कला केन्द्रमा आउने अन्य देशका पर्यटकमाझ समेत नेपालको चिनारीलाई थप विस्तार गर्न मद्वत पुग्ने दूतावासको बिश्वास रहेको छ ।
तिन फिट उचाईको तामाबाट निर्माण गरीएको मूर्तिमा बुद्व शान्तिका दुत र नेपालमा जन्म भएको उल्लेख गरीएको छ । विश्वको विभिन्न देशका कला र संस्कृति झल्काउने प्रतिमा र वास्तुकला रहेको उक्त कलाकेन्द्रमा विभिन्न देशका पर्यटक आउने हुदा मूर्ति स्थापनाले नेपालको पर्यटन प्रवर्द्धन हुनेमा सहयोग पुग्नेछ।
उक्त बुद्व प्रतिमा हस्तान्तरण एंव अनावरण समारोहमा डेल्फ नगरपालिकाका पधाधिकारी, विश्व कला केन्द्रका कार्यकारी बोर्डका सदस्यहरु तथा कार्यकारी निर्देशक पाउला कोउवेनहोवेन, एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, एनआरएन नेदरल्याण्डका पदाधिकारी लगायत थुप्रै उपस्थित थिए।