बेल्जियममा नेशनल होटलको उद्घाटन गरिदै

बिपीए ग्रुप द्वारा ६ महिना अगाडी देखि संचालन गर्दै आईरहेका बेल्जियमको अन्त्वेर्पेंन स्थित अन्त्वेर्पेंन नेशनल होटलको hotel nationalयहि जुन २५ मा उद्वघाटन गरिने भएको छ।उद्वघाटन समारोहमा बेल्जियम तथा साथै नेपालका उच्च तहका व्यक्ति सहभागी हुने जनाईएको छ।
ग्रुपले अघिल्लो बर्षको अन्तिममा बेल्जियम कै अन्त्वेर्पेंन नजिकै सेन्ट(निक्लासमा पहिलो पटक न्यु फ्ल्नांदर होटल संचालनमा ल्याएको थियो। न्यु फ्ल्नांदर बेल्जियमका नेपालीहरु द्वारा संचालित पहिलो तीनतारे होटल हो। न्यु फ्ल्नांदर संचालनमा आएको करिब ६ महिनामा नै ग्रुपले अन्त्वेर्पेंन नेशनल होटलको स्वामित्व लिएको थियो। होटल एक अर्कामा २६ किमीको दुरीमा रहेका छन।
बेल्जियमको राजधानी ब्रुसेल्स देखि झन्डै ४५ किमीको दूरीमा अवस्थित आन्तरिक तथा बाह्य पर्यटकको लागी आकर्षणको केन्द्र रहेको अन्त्वेर्पेंन शहरको केन्द्रमा रहेको यो होटलमा ४० आधुनिक सुबिधा सम्पन्न कोठाहरु रहेका छन। यसमा १५० जनाको सभारसेमिनारका लागि प्रविधियुक्त हल रहेको छ। साथै १७० गाडी पार्किंङ सुबिधा रहेको छ। होटलको भूई तलामा रेष्टुरेन्ट समेत संचालन गरिएको छ।गत डिसेम्वरमा आफ्नो स्वामित्वमा लिए लगत्तै आधुनिक सुबिधा उपलब्धगराउने उद्वेश्यले मर्मत कार्य समेत गरिएको छ।
बिपीए ग्रुपमा जापानका सफल नेपाली ब्यबसायी टिबीआई ग्रुपका अध्यक्ष भवन भट्ट तथा बेल्जियमका ब्यापारी द्वय अर्जुनकुमार श्रेष्ठ र प्रेम गुरुङ रहेका छन्। यस अघि नै जुनमा भवन भट्ट र बेल्जियमका ब्यबसायी अर्जुनकुमार श्रेष्ठले न्यु फ्ल्नांदर होटल संचालनमा ल्याएका थिए।
सन् २००५ देखि बेल्जियममा ब्यबसाय संचालन गर्दै आईरहेका एनआरएन युरोप संयोजक श्रेष्ठ सफल युवा व्यवसायीको रुपमा परिचित छन। त्यसै गरी एनआरएन बेल्जियमका अध्यक्ष गुरुङ पनि बेल्जियमका ब्यबसायी मध्ये एक हुन्।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टको टिबीआई ग्रुपले काभ्रेको पाँचखालस्थित ३३ बर्ष पुरानो धुलिखेल माउन्टेन रिसोर्टको ४० करोडमा स्वामित्व लिएको छ। उनको यो ग्रुपले जापान तथा युरोपमा पनि रेष्टुरेन्ट तथा होटल संचालन गरिरहेको छ। टिबिआईले नेपालमा युनाइटेड ब्रुअरीज, कारोबार राष्ट्रिय आर्थिक दैनिक, बिबी एयरवेज, बिबी होलिडेज, लिबर्टी कलेज लगायत व्यवसाय सञ्चालनमा गरिरहेको छ।