बेल्जियममा नवनियुक्त राजदूत थापालाई स्वागत

thapaबेनेलक्स र युरोपियन महासंघ (ईयू) को लागि नवनियुक्त राजदूत लोकबहादुर थापालाइ नेपालीहरुले स्वागत गरेका छन । दूतावास निवासमा आइतवार दसौतिहार, छड एंव म्ह पूजाको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमकामा  नेपालीहरुले स्वागत गरेका थिए ।

युरोपेली महासंघ समेत हेर्ने भएकोले महत्वपूर्ण पद मानिने बेल्जियमको राजदूतमा २७ वर्ष परराष्ट्र सेवामा बिताएका थापालाइ पाउदा नेपालीहरु खुशी थिए । ।  शुक्रवार राजदूतको रुपमा बेल्जियम आइपुगेका थापाले कार्यक्रममा नेपालीहरुलाई शुभकामान दिदै नेपाली समुदायका जायज कुराहरुलाई छिटो र छरितो तरिकाले पुरा गर्ने बताए । उनले नेपाली समुदाय संग सहकार्यको भावनाले अभिप्रेरित भएर नेपालको छविलाई उचो बनाउने कार्यमा सक्रिय रहने बताए ।

यसअघि अस्ट्रेलिया, साउदी अरेविया र चीनस्थित नेपाली दुतावासमा उच्च तहमा नै रहेर काम गरिसकेका थापाले राहदानी विभागलाई ट्रयाकमा ल्याउने काम गरेका थिए । नेपालको त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र बेलायतस्थित लान्सेस्टर विश्वविद्यालयबाट कुटनीति  बिषयमा एमए  हासिल गरेका छन् ।

यस अघि गत बैशाखमा राजदूत फिर्ता भए लगत्तै  घनश्याम भण्डारीले कार्यवाहक राजदूत रही कार्यभार सम्हालेका थिए । कार्यवाहकको रुपमा भण्डारीले ईयु र सम्वन्ध संघ सस्था संगको कार्यक्रमका साथै बेनेलक्सका नेपाली समुदाय संग निकटको सम्वन्ध कायम गरि नेपाल प्रवद्र्घनका कार्यहरु गरेका थिए ।

कार्यक्रममा नेपाली समुदायको तर्फबाट एनआरएन बेल्जियमका अध्यक्ष गंगाघर गौतमले स्वागत गर्दै नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्वन्ध सुमधर रहेको बताउदै आगामी दिनहरुमा एक अर्का बीच आपसी  समझदारी कायम गर्दै अघि बढ्ने अभिलाषा प्रकट गरे ।