बेल्जियममा देउसीभैलोको आयोजना

enaaनेपालीहरुको महान चाड दिपावलीको अवसरमा युरोनेपाल कलाकार संघ बेल्जियमले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम यहि अक्टोवर २९ शनिवार बेलुका ५ बजे बेल्जियमको अन्त्वेर्पेंनमा हुदैछ ।

कार्यक्रममा संघका कलाकारहरुले विभिन्न प्रस्तुति प्रदर्शन गर्ने भएका छन् । संघले आफ्नो वार्षिक कार्यक्रमको रुपमा सधै देउसीभैलो सांस्कृतिक साँझको आयोजना गर्दै आइरहेको छ । प्रवासमा नेपाली कला संस्कृतिको जगेर्नाका लागि संघले केहि वर्ष अघिदेखि नृत्य कक्षा संचालन समेत गर्दै आइरहेको छ ।  सोहि कक्षाबाट प्रशिक्षित भएका कलाकारहरुले बेल्जियमका अन्य सामाजिक संघ सस्थाको कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिदै आएका छन ।

संघले  “ENAA देउसीभैलो शुभकामना  साँझ २०१६ ” मा उपस्थितिको लागि बेल्जियम स्थित नेपालीहरुलाई आव्हान समेत गरेको छ ।