बेल्जियममा दसैँ मनाइयो(फोटो फिचर )

बेल्जियममा रहेका नेपालीहरुले बडा दसै धुमधामका साथ मनाएका छ  । मान्यजन र आफन्तबाट टिका ग्रहण, भेटघाट एंव खापपिन गर्नुका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर दसैँ मनाएका छन ।

दसैँको अवसरमा नेपाल ब्रसेस्ल मिलन केन्द्रले स्थानीय कलाकारहरुको सायोगामा गत ८ अक्टोवरमा एक  सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल ब्रसेस्ल मिलन केन्द्रको दसैँ कार्यक्रम 

त्यसै गरी चितवन सहायता समाज बेल्जियमले बेल्जियमको अन्त्वेर्पेंनमा गत ९ अक्टोवरमा नेपालीहरुलाई जम्मा गरि  शुभकामना एंव खानपिन कार्यक्रमको आयोजना मनाएको थियो ।

चितवन सहायता समाज  बेल्जियमको दसैँ 

त्यसै गरि क्षेत्री समाज बेल्जियमले पनि बेल्जियमको अन्त्वेर्पेंनमा गत ९ अक्टोवरमा स्पेन बाट आएका कलाकार तुलसी सिवाकोटीको साथै स्थानीय कलाकारहरुको सहभागितामा भव्य रुपले कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा सहभागीहरुले एक अर्कामा विजयादशमीको शुभकामना आदानप्रदान गरेका थिए ।kshetri

क्षेत्री समाज बेल्जियमको दसैँ 

त्यसै गरि राष्ट्रिय लोक दोहोरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले पनि गत १० अक्टोवरका दिन बेल्जियमको लुभेनमा दोहोरी गीत कार्यक्रमको आयोजना गरि मनायो । कार्यक्रममा प्रतिष्ठानका कलाकारहरुको साथै नेपाल बाट आएका गायक पुरुषोत्तम न्यौपानेले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।