बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

बेल्जियमको बुर्का निषेधसंबन्धी कानूनलार्इ मानव अधिकारसंबन्धी युरोपेली कोर्टले उचित ठहर्याएको छ ।  सार्वजनिक स्थानमा मुस्लिम महिलाहरूले लगाउने बुर्कालार्इ बेल्जियममा सन् २०११ मा लागू गरेको कानूनले गैरकानूनी मानेको थियो । र यस कानून मुताबिक ब्रसेल्समा जरिवाना तिरेका २ महिलाले मानव अधिकारसंबन्धी युरोपेली कोर्टमा स्वतन्त्रताको हनन् भएको भन्दै मुद्दा दायर गरेका थिए ।

युरोपेली कोर्टले सरकारी कानूनलार्इ जायज मानेको हो ।