बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५१ औ जन्मजयन्तीको inls belgiumअवसरमा  बेल्जियमको अन्त्वेर्पेंनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम यहि सेप्टेम्वर १७ मा होटल नेशनलमा हुदैछ ।  शनिवार दिनको २.३० बाट शुरु हुने उक्त कार्यक्रममा  बेल्जियम स्थित  बिभिन्न संघ सस्थाका प्रतिनिधिका साथै सम्पूर्ण साहित्य अनुरागीहरुमा उपस्थितिको लागि अनेसास बेल्जियमले अनुरोध गरेको छ ।

कार्यक्रममा नेपाली भाषा स्कुल अन्त्वेर्पेंनमा विद्यार्थीको सहभागिता र प्रस्तुति समेत रहने अनेसास बेल्जियमले जनाएको छ ।