बेल्जियमका व्यवसायीहरूलाई बैंक ट्रान्सफरको दरमा सहुलियत सुविधा

बेल्जियममा रहेका व्यवसायीहरूले बैंक ट्रान्सफरबाट (बैक कोन्ट्याक्ट, क्रेडिट कार्डको प्रयोग) पेमेन्ट गर्ने मेशीनमा सहुलियत दरमा सुविधा पाउनको लागि नेपाल व्यवसायी सँघ बेल्जियमले पहल गरेको छ ।
Easy cashबैंक ट्रान्सफरको सुविधा लिँदा विभिन्न कम्पनीहरूको चर्को कमिसन दरको तुलनामा ‘इजी क्यास’ सस्तोमा सुविधा दिने कम्पनीका रूपमा चिनिन्छ । नेपाली व्यवसायीहरूले सामूहिक रूपमा ‘इजी क्यास’ सँग डिलिङ गर्दा त्यस दरमा पनि अधिकतम सहुलियत दिन सक्ने र पहिलो चार महिना निःशुल्क सेवा प्रदान गर्न ‘इजी क्यास’ तयार भएको छ ।
यसका निम्ति सो कम्पनीका सेल्स कन्सल्यान्ट क्रिस्टोफ भेरहागन र सँघमा आबद्ध नेपाली व्यवसायीहरूबीच नेगोसिएसन वार्ता गर्न समय मिलाइएको छ । तसर्थ, इच्छुक व्यवसायीहरू आउँदो जनवरी २९ बुधवार दिउँसो ११.३० बजे आन्तवर्पेनको Ocean Shushi (Anselmostraat 15, Antwerpen) रेस्टुरेण्टमा उपस्थितिको निम्ति सँघले आव्हान गरेको छ ।