बेल्जियमको आवाज राष्ट्रसंघको महासभामा

संयुक्त राष्ट्रसंघको अठसस्ठीऔं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्न लागेका वेल्जियमका प्रधानमन्त्री एलियो दि रुपोले महासभामा वेल्जियमको आवाज वुलन्द गर्ने भएका छन् । राष्ट्रसंघको पन्ध्रौं आर्थिक दाता वेल्जियमले हाल सर्वाधिक चर्चामा रहेको सिरीया संकट लगायतका विषयहरुमा वेल्जियमको धारणा सार्वजनिक गर्न लागेको “ लिव्र वेल्जिक ” पत्रिकाले उल्लेख गरेको छ ।
मंगलवार देखि प्रारम्भ हुन लागेको राष्ट्रसंघीय साधारण सभामा युरोपीय महादीपको सानो तर प्रभावशाली देशको आवाज सार्वजनिक हुन जरुरी रहेको उनले उल्लेख गरेका छन् । सोमवार सार्वजनिक गरिएको प्रेस विज्ञप्तीेमा सिरीयामा गहिरिँदै गएको राजनैतिक संकट वाहेक अन्य विषयहरुमा सदस्य राष्ट्रहरुको ध्यानाकर्षण गराइने उल्लेख छ ।
Elio Rupo in UNसहस्राव्दी विकास लक्ष्य २००० ले परिलक्षित गरेका उपलव्धिहरु हासिल गर्न विकसित देशहरुलाई कठिनाइ परेको सन्दर्भ वेल्जियमको प्राथमिकताको सूचिमा परेको छ । विकासोन्मुख देशहरुमा गरिविको अवस्था, शिक्षा र स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था माथि व्यापक छलफल हुनुपर्ने प्रधानमन्त्री रुपोले अपेक्षा गरेको देखिन्छ ।
विश्वका सवै विकासोन्मुख देशरुमा प्राथमिक शिक्षा अनिवार्यरुपले लागू गरिएको हुनुपर्ने, लैङ्गिक भेदभावको अन्त्य, वालमृत्युदरमा उल्लेख्य सुधार सहस्राव्दी विकास लक्ष्यले अपेक्षा गरेका सुधारहरु हुन् । यसको अलावा मातृस्वास्थ्यमा प्रगति, वढ्दो एच आइ भी रोगको प्रभाव न्यूनीकरण र विकासमा लागि विश्वव्यापी सहकार्य जस्ता लक्षहरु सन् २०१५ सम्ममा पुरा गर्ने लक्ष तेह वर्ष अगाडि सम्पन्न भएको राष्ट्रसंघको साधारण सभाले निर्धारण गरेको थियो । तर हालसम्म प्रकासित तथ्याङ्कहरुले भने सन्तोजनक आँकडा प्रस्तुत गर्न सकेका छैनन् । महासभामा अपेक्षित प्रगतिको वारेमा ध्यानाकर्षण गराउने वेल्जियम सम्भवत पहिलो राष्ट्र हुनेछ ।
महासभा वैठकको अवसरमा प्रधानमन्त्री दि रुपोले संयुक्त गणतन्त्र कङ्गो र रुवान्डाका राष्ट्रपतिहरुसँग आपसी सहयोग र सम्वन्ध विस्तारको वारेमा भेटवार्ता गर्नेछन् । कङ्गो सरकार सँग वेल्जियमको विकास साझेदारी रहँदै आएको छ र त्यहाँको विकासका निमित्त केही परीयोजनाहरु कार्यान्वयनमा छन् ।
रामहरी शास्त्री, व्रसेल्स