बेल्जियन संसदका लागि नेपाली उम्मेदवार खड्क केसीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना

shangrilaनयाँ बर्ष २०७१ को उपलक्ष्यमा साँग्रीला समाज बेल्जियमद्वारा आउँदो मे ४ लुभेनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम समापनसँगै समाजका अध्यक्ष तथा  बेल्जियन संसदका लागी नेपालीभाषी उम्मेदवार खड्क बहादुर केसीसँग समसामयिक बिषयमा अन्तरक्रिया गरीने भएको छ| बेल्जियममा आउँदो मे २५ मा सम्पन्न हुन गैरहेको संसदीय निर्वाचनमा केसी ग्रुन पाटीको तर्फबाट निर्वाचन लड्दैछन्| उनि ग्रुन पार्टीबाट स्थानीय तथा संसदीय निर्वाचन लड्ने पहिलो नेपाली हुन्|

नयाँ बर्षमा नेपाल र नेपालीको शुख,शान्ति र समृद्वीको कामनाको निम्ति आयोजित शुभकामना तथा जलपान कार्यक्रममा समाजका अध्यक्ष समेत रहेका केसीको बिजयको  कामना गर्दै समसामयिक बिषयमा केसी सग अन्तरक्रिया हुने समाजले जनाएको छ| शुभकामना आदानप्रदान कार्यक्रममा बेल्जियमका केहि राजनैतिक दलका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहने उल्लेख गर्दै समाजले सबै नेपालीहरुलाई उपस्थितिको लागि आमन्त्रण समेत गरेको छ|

कार्यक्रम दिनको ठिक ४ बजे लुभेनस्थित  ओन्स हाउसमा सम्पन्न हुदैछ|