बेल्जियन राजाकी गैरकानूनी छोरीले नाता प्रमाणित गर्न मुद्दा हालिन्

Delphine Boëlडेल्फिन बोयल बेल्जियन राजा अल्बर्ट द्वितीयको छोरी भन्ने साबित गर्न अदालत पुगेकी छन् । उनले राजा र सौतेनी भाई फिलिपको डीएनए टेस्टको माध्यमले सो प्रष्ट हुने भन्दै चुनौती दिएकी हुन् ।
डेल्फिन राजा अल्बर्टकी छोरी हुन् भन्ने चर्चा नयाँ होइन । गैरकानूनी छोरी भनी प्रेसमा आइरहेको कुरा हो । तर उनले अहिले मुद्दा दायर गरेको कुराले भने सबैलाइ चकित पारेको छ ।
डेल्फिनका धर्म पिता ज्याक बोयलले उनलाइ पुर्ख्योली सम्पत्ति नदिएपछि उनले यो कदम लिएको हुनसक्ने अनुमान गरिएको छ । डेल्फिनले भनेकी छन्- ‘म आफ्नो पितासँग किन सामान्य रूपमा कुराकानी गर्न सक्दिन ?’ उनले थपिन्- ‘रगतको जाँचले चमत्कार गर्न सक्छ ।’
उनको मुद्दामा अदालतले प्रारम्भिक चरणको सुनवाइ गरेको छ र मुद्दा २५ जूनसम्मको लागि स्थगित गरेको छ ।
संवैधानिक कानूनका जानकारहरूले राजा अल्बर्ट स्वयंले आफ्नो सन्तान भनी स्वीकार नगरेसम्म डेल्फिनको प्रयास असफलप्रायः हुने बताएका छन् । तथापि यो मुद्दाले बेल्जियन राजपरिवारलाइ असजिलो स्थितिमा पारीदिएको छ ।