बेल्जियन प्रधानमन्त्रीले ओबामासँग बियर बाजी राखे

Obama and Rupoबेल्जियन प्रधानमन्त्री एलियो दि रूपोले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग बाजी थापेका छन् ।

वर्ल्ड कप २०१४ को नकआउट चरणमा दुई राष्ट्रको प्रतिस्पर्धा हुने भएपछि बेल्जियन प्रधानमन्त्रीले ट्वीटरमार्फत ओबामासँग बियर बाजी राखेका हुन् ।

अर्को एक ट्वीटमा बेल्जियन प्रधानमन्त्रीले समूह चरणमा बेल्जियम अपराजित रहँदै समूह विजेता रहेको उल्लेख गरेका छन् ।

गत एक वर्षमा राष्ट्रपति ओबामाले २ पटक ब्रसेल्सको भ्रमण गरेका थिए ।

 

Elio Di Rupo        ✔ @eliodirupo

Volgen

Hey @BarackObama, I am betting some great Belgian beers that our @BelRedDevils will make it to the quarter final! 🙂 #ComeOnBelgium#BEL