‘स्वतन्त्रता दिवस’ नभएको नेपाल नै हो ‘बुद्धको जन्मस्थल’ – बेल्जियन पर्यटकीय गाइड ब्लगर

नेपालको हिमालय क्षेत्रमा पर्यटकीय गाईडको रुपमा दश वर्षदेखि काम गर्दै आएका बेल्जियन नागरिक रिक भान बेलले आफ्नो ब्लग ‘एक्सप्लोर द हिमालयज्’ मा नेपालबारे लेखेका तथ्यपरक लेखलाई बेल्जियमको एक लोकप्रिय फ्लेमिस (डचभाषी) दैनिक पत्रिका ‘हत लास्त न्युज’ ले प्रमुख समाचार बनाएको छ | समाचारमा संसार कै एक अद्वीतीय झन्डा, सधैँको स्वतन्त्र राष्ट्र, गौतम बुद्धको जन्मथलो, धार्मिक द्वन्द्ध नभएको र जीवित देवी मान्ने देश भनी नेपालको बखान गरिएको छ|

समाचारमा नेपालको राष्ट्रिय झन्डाको बयान सविस्तार गरिएको छ| रिक भान बेलले आफ्नो ब्लगमा लेखेका छन्:

संसारका अन्य देशहरुको राष्ट्रिय झन्डा जस्तै आयातकार नभएर एक मात्र त्रिकोणात्मक झण्डाको रुपमा नेपालको राष्ट्रिय झन्डा रहेको छ| यसमा रातो सिम्रिक रंग छ, जुन नेपालको राष्ट्रिय रंग हो भने किनारमा निलो रंग रहेको छ, जुन शान्तिको प्रतिक हो| यसमा रहेका सूर्य र चन्द्र चिन्हले प्राचिन राजाहरुको बंशलाई संकेत गर्छ |

नेपाल सधैँको स्वतन्त्र राष्ट्र हो; जहाँ स्वतन्त्रता दिवस छैन | भारतलाई उपनिवेश बनाएका बेलायतीहरूले नेपाललाई पनि उपनिवेशको सूचिमा राख्न नेपालमाथि धेरै पटक आक्रमण गरे तर नेपाललाई जित्न सकेनन् |यसैगरी तिब्बती शासकहरु र तिनका सहयोगी चिनियाँहरू पनि पराजित रहे |

screenshot_het laaste nieuwsबाैद्ध सम्प्रदाय प्रायः तिब्बत, भुटान जस्ता देशहरुसंग सम्वन्धित रहे पनि बुद्धको जन्मस्थान भने नेपालको लुम्बिनी हो | बुद्ध धर्म तिर्थयात्रीहरुको लागि नेपाल स्वभावतः आकर्षणको थलो हो | ठूलो सँख्यामा हिन्दू धर्मावलम्बी भएको देश नेपालमा १० प्रतिशत बुद्ध धर्मावलम्बी छन् | उनीहरु प्रायः तिब्बती मूलका शरणार्थी वा तिब्बतसंग सिमा जोडिएका उच्च हिमाली क्षेत्रका बासिन्दा हुन् |

नेपालमा धार्मिक द्वन्द्ध भएका घटनाहरु पाईँदैनन | नेपालमा युद्धहरु नभएका होईनन्, युद्ध भएका छन् तर तिनीहरु धार्मिक रुपले प्रेरित छैनन् | हिन्दू र बौद्ध धर्मावलम्बीहरु शान्तिपूर्वक मिलेर बसेका छन् भने अल्पसङ्ख्यक मुस्लिम र क्रिश्चियनहरूमा पनि कुनै समस्या छैन | धेरै नेपालीहरुले हिन्दू र बौद्ध संस्कार,सांस्कृतिक परम्पराहरु र चाडपर्वहरु एकैसाथ अँगाल्दै आएका छन् |

नेपाल संसारमै ‘जीवित देवी’ रहेको एक मात्र देश हो | नेपालको काठमाडौंमा शाक्य परिवारकी कुमारीलाई ‘जीवित देवी’ को रुपमा पूजा गरिन्छ | उनलाई देवी दुर्गाको अवतारको रुपमा पुजिन्छ | शाक्य परिवारबाट ३ देखि ५ बर्ष सम्मको बालिकालाई कुमारीको रुपमा छान्ने गरिन्छ| यसलाई सामान्य रुपमा नजरअन्दाज गर्न सकिंदैन किनकी कुमारीले तत्कालिन राजाहरुलाई प्रत्येक बर्ष आशिर्वाद दिने गर्थिन् | जब उनले आशिर्वाद दिन ईन्कार गर्थिन् त्यसको अर्थ राजाको शासनको अन्त्य भन्ने लाग्दथ्यो|