बीरगंजमा तनाव, प्रहरीको गोलीबाट एक भारतीय नागरिकको मृत्यु

Ethnic Madhesi protesters throw stones and bricks at Nepalese policemen in Birgunj, a town on the border with India, Nepal, Monday, Nov. 2, 2015. Ethnic protesters demonstrating against the new constitution clashed with police in south Nepal Monday which left at least one person killed and several more injured, officials said. (AP Photo/Jiyalal Sah)

वीरगन्जमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी एक भारतीय आन्दोलनकारीको मृत्यु भएको छ। भारत रक्सौल घर भएका १९ वर्षीय आशिष रामको बिरगंज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोलीबाट मृत्यु भएको हो।उनको टाउकोमा गोली लागेको थियो। प्रहरीले उनको साथमा दुईवटा भारतीय नम्बरफो मोबाइल सेटसमेत बरामद गरेको थियो।यस्तै ८ सुरक्षाकर्मीसहित दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्।

झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रु ग्यास प्रहार गरेको थियो।  गाउँगाउँबाट आएका हजारौ प्रदर्शनकारीले वीरगन्जका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए। स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले दिउँसो तीन बजेदेखि लागू हुने गरी अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ।