बि.पी.को उपन्यासमा आधारित नेपाली चलचित्र ‘तीन घुम्ती’

tin-ghumti-cinemaवि.पी. कोइरालाको बहुचर्चित उपन्यासमा आधारित नेपाली चलचित्र ” तीन घुम्ती ” को फस्ट लुक सार्वजनिक भएको छ ।

बाबुराम ढकालद्वारा निर्देशित तीन घुम्तीमा गरिमा पन्त, ध्रुब दत्त , सुशान्त कार्की , भुवन चन्द , लक्ष्मी गिरी लगाएतका कलाकारहरुको अभिनय रहेको छ।
यसैबिच, आगामी अगस्ट २२ गते बेलायतमा यस चलचित्रको रेड कार्पेट प्रिमियरको आयोजना गरिएको छ।

कर्मा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा जीवनका अनेकौं घुम्तीहरुमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथालाई चित्रण गरिएको छ।