‘बाहुन’लाई मुलायमिंहको भाइकहाँ बस्न व्यवस्था मिलाउने ‘रोज राणा’ को ?

आधा दर्जन अपराधमा फरार रहेका गुण्डाका नाईके सुजन पौंडेल उर्फ रमेश बाहुनको दायाँ खुट्टाको तिघ्रामा गोली लागेको रहस्य खुलेको छ । गत ४ मागमा ललितपूरका मिनकुष्ण महर्जनलाई गोली प्रहार गरेको आरोप लागेका बाहुनको तिघ्रामा दुई गोली लागेको हो । ‘बाहुनको तिघ्रा वारपार हुने गरी गोली लागेको छ अनुसन्धानमा खटिएका प्रहरीले भने, खाटाबसेको घाउ केहि महिना अघिको हो । महर्जनलाई गोली प्रहार नगर्ने तर खुकुरी प्रहार गरी तर्साउने बाहुनको योजना चुहावट भएपछि मिनकुष्ण महर्जन सजक भएका थिए । महर्जनले आफ्नो सुरक्षाको लागी पेस्तोल र छिमेकि प्रहरीका सईलाई संगै लिएर मन्दिर गएका थिए ।

स्रोतले भन्यो,‘ महर्जन र बाहुनको समुहको जम्का भेट भयो बाहुनका लडाकु दुर्गा राईले आफूसंग भएको खुकुरी लिएर मिनकुष्ण तिर लागे, महर्जनको हातमा पेस्तोल देखेपछि राई नर्भस भए ।’ नर्भस भएका राईलाई महर्जनको सहयोगी मिलन सिलवालले नियन्त्रणमा लिए। राई नियन्त्रमा परेपछि बाहुनले कम्मरको पेस्तोल निकाल्न खोज्दा महर्जनले दुई राउण्ड गोली बाहुनको तिघ्रामा हानेका थिए । महर्जको पेस्तोलमा गोली खाली भो तर बाहुन ढलेनन् । बाहुनको जबाफी फायरिङमा सिलवाल र महर्जनको तिघ्रामा गोली लागेको स्रोतले दाबी गरेको छ। बाहुन र महर्जनको दोहोरो भिन्डत हुदा महर्जनका छिमेकि सई भने फरार भएका थिए। अहिले तिनै सई बाहुन पक्राउ गर्ने टोलीमा छन्।

गोलीले घाईते भएपनि आधा दर्जन अपराधमा मुछिएका हुँदा बाहुन प्रहरीबाट बच्न फरार भएका थिए । दायाँ तिघ्रामा गोलि लागेको बाहुनले ललितपूरकै एक घरमा बसि उपचार गराएका थिए। एकसाताको उपचारपछि गुण्डा नाईके रोज राणाको सहयोगमा बाहुन भारतको लखनउ पुगेका थिए। राणाको सेटिङमा लखनउका बिधायकको घरमा आश्रय लिए बसेका बाहुनलाई प्रहरीले योजनाबद्ध तरीकाले घर बाहिर निकाली पक्राउ गरी काठमाडौं ल्याएको हो । तर प्रहरीले बुधवार काठमाडौं कलंकीको खसी बजाबाट लागूऔषध र हातहतियारसहित पक्राउ गरेको फर्जि मुजुल्का तयारी पारी बिहिवारबाट अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ। प्रहरीले बाहुनको साथबाट लुकाई छिपाई राखेको अवस्थामा लागू औषध खैरो हेरोईन २८.४ ग्राम, गोलीसहितको नल कटुवा बन्दुक बरामत भएको दाबी गरेको छ।

तर, स्रोतका अनुसार बाहुन भारतका समाजबादी पार्टीका अध्यक्ष तथा लखनउका भूपु मुख्यमन्त्री मुलायम सिंहको भाई बिनायक सिंहको घरमा ४ महिना देखि लुक्दै आएका थिए। लखनउमा डनका नामले परिचित बिनायकका कान्छाभाई मनोज सिंहसँगको चिनजानका कारण बाहुन त्यहाँ पुगेको उनि निकट स्रोत बताउछ। मनोज सिंहले लखनउ लगाएत नेपालको पश्चिम तराई क्षेत्रमासमेत ठक्का पट्टा हत्याउदै आएका छन्।

काठमाडौंका अर्का गुण्डाका नाईके रोज राणा उर्फ सरोज केसीले बाहुनलाई त्यँहा बस्ने प्रपच्च मिलाएका थिए। राणाले नै बाहुनलाई एक बर्ष अघि मनोज सिंहसंग चिनजान गराएको स्रोतको दाबी छ। नेपाली काँग्रेस प्युठानबाट संविधानसभा सदस्यमा नाम सिफारिस गराउन सफल केसीले काँग्रेस कोटाबाटै राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष समेत भइसकेका ललितपुर काँग्रेससँग आवद्ध महर्जनलाई गोली प्रहार गर्ने बाहुनलाई बचाउन किन लागे भन्नेमा काँग्रेस निकट गुण्डाहरुबीचमा पनि चर्चा भएको स्रोतको दावी छ। केसी काठमाडौंमा डान्स बारमा यूवतीहरुलाई नाङगो नाच नचाउने आरोपमा पटकपटक थुनामा परेका व्यक्ति हुन। उनलाई प्रहरीले मावनवेचविखन मुद्धामा समेत मुद्धा चलाएको थियो।

वाहुनको भने एमालेका केपी ओलीसँग बिशेष सम्वन्ध रहेको मानिन्छ। ठेक्का पट्टको सिलसिलामा दाङ आएका मनोजलाई नेपाल प्रहरीको बिषेश टोलीले नियन्त्रमा लिई बाहुनलाई लखनउस्थित घरबाट बाहिर बोलाउन लगाईएको थियो । बाहुन बाहिर निस्कन साथ भारतिय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनलाई नेपाल भित्राएको हो ।