बाछीलाई करणी गरेको आरोपमा प्रहरी जवान हिरासतमा

इलाममा कार्यरत एक प्रहरी जवान गाईको बाछीलाई करणी गरेको आरोपमा पक्राउ परेका छन् । ड्युटीमा रहेकै वखत सदरमुकामको माईस्थान मन्दिर हाताभित्र रहेको बाच्छीलाई करणी गरेको अवस्थामा मन्दिरका पुजारी र अन्यले देखेपछि जिल्ला प्रहरी कार्यालयमा कार्यरत ती प्रहरी जवानविरुद्ध उजुरी परेको थियो । घटनापछि होहल्ला हुँदा भागेका आरोपित प्रहरी जवान रामनरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना अनुसार साउन ३१ गते शनिबार करिब पौने ८ बजेतिर माईस्थान मन्दिर हाताभित्र बाँधिएको बाछी कराएपछि केहि भएछ कि भनेर हेर्नलाई पुजारी खेमप्रसाद काफ्ले गोठमा ओलिर्एर हेरे । त्यहाँ आएर हेर्दा बाछीको दाम्लो किलोमा छोटो बनाएर बाँधिएको पाए । यता उता हेर्दा ती प्रहरी जवान बाछिको पछाडि थिए । उनलाई देखेपछि पुजारीले हल्ला खल्ला गर्न थाले र अनैतिक कार्य गरेको भन्दै मानिस जम्मा हुन थाले ।

पुजारी काफ्लेका अनुसार यादवसहितका दुई प्रहरी प्रायः राती ड्युटी गर्न भन्दै त्यहाँ आउँथे । यादव सधै मातेको अवस्थामा हुन्थे । घटना भएको दिन पनि उनी मदिरा सेवनमा थिए । पुजारीका अनुसार अगाडि पनि राती पटक-पटक गाई कराउने घटना घटेको थियो ।

‘राति एक्कासी गाई कराउँथ्यो । के भयो भनेर ओलिर्एर थलामा जाँदा गाईलाई अर्कोतिर किलामा छोटोगरी बाँधिएको अवस्थामा पाइन्थ्यो । तर त्यतिबेला यताउता हेर्दा मानिस कोहिपनि केहिपनि भेटिन्थेन’, पुजारीले भने, ‘यस्ता घटना धेरै पटक भएको थियो । तर अन्त्यमा आफ्नै आँखाले मानिस फेला पारेपछि हल्ला गरेर उसलाई कारबाही गर्न भनेका हौ’, उनले भने ।