फ्रान्स पनि आर्थिक चपेटामा

EUयुरोपियन युनियनका ४ देशहरू साइप्रस, आयरल्याण्ड, पोर्चुगल र फ्रान्सले निकट भविष्यमा झन् ठूलो आर्थिक समस्या झेल्न सक्ने संभावना अर्थविद्हरूले औंल्याएका छन् । स्लोभेनियाको स्थिति पनि भरपर्दो नरहेको ती विज्ञले बताएका छन् । जर्मन अर्थविद् थोमस माएरका अनुसार फ्रान्सको अवस्था ग्रीस र स्पेनको भन्दा नराम्रो छ । तर युरोपियन युनियनको आर्थिक हस्ती जर्मनीसँगको सान्निध्यता र राजनैतिक शक्तीका कारण बचावको अवस्थामा रहीरहेको ती अर्थविद्ले बताएका छन् । उनको कथन छ- यही प्रभावका कारण फ्रान्सले सुधार कार्यहरू कम अपनाएको छ जुन पछि गएर महँगो हुनसक्छ ।