फ्रान्सको नाइस सहरमा भएको आक्रमणमा ८० को मृत्यु

नाइस (फ्रान्स),  फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणमा परी मारिने 160714180243-02-nice-truck-deaths-scene-medium-plus-169व्यक्तिको सङ्ख्या ८० पुगेको समाचार छ ।

एकजना बन्दुकधारीले नागरिकहरुले महोत्सव गरिरहेको स्थानमा ट्रक छिराई ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । सो आक्रमणमा परी कम्तीमा पनि ८० व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

फ्रान्सका राष्ट्रपति फासाँ ओलान्दले फ्रान्सको बास्टिल डे अर्थात राष्ट्रिय दिवसको दिनमा सो आतङ्ककारी आक्रमण भएको बताउनु भएको छ । राष्ट्रिय दिवस मनाउन जम्मा भएको भीडलाई लक्ष्यगरी सो आक्रमण भएको बताइएको छ ।

यस आक्रमणमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ भने अन्य १८ जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली गृहमन्त्री बार्नार्ड क्याजेनुउभेले बताउनु भएको छ ।

राष्ट्रपति फासाँ ओलान्दका अनुसार यस आक्रमणमा मारिएकामा कैयौँ बालबालिका रहेका छन् । मारिनेको पहिचान हुन सकेको छैन ।

फ्रान्समा तीन महिनाको सङ्कटकालको घोषणा भएको जानकारी राष्ट्रपति ओलन्दले जानकारी दिनुभएको समाचामरा जनाइएको छ ।

फ्रान्सको राजधानी पेरिसमा आठ महिना अगाडि भएको आतङ्ककारी आक्रमणमा १३० व्यक्तिको मृत्यु भएपछि यहाँ संङ्कटकालको घोषणा गरिएको थियो । राष्ट्रपतिले यस सङ्कटकालको समय थप गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस आक्रमणको निन्दा गर्दै यसलाई ठूलो आतङ्ककारी हमलाको संज्ञा दिनु भएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले नाइस सहरमा भएको यस आतङ्ककारी आक्रमणको निन्दा गरेको छ ।

उक्त परिषदका तर्फबाट शुक्रबारै प्रकाशित विज्ञप्तिमा यसलाई आतङ्ककारी हमलाको रुपमा हेर्ने र ती आक्रमणकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइएको छ ।

यस हमलाको जिम्मेवारी कुनै आतङ्ककारी समूहले लिएको छैन । यस हमलाको विश्वव्यापी रुपमा निन्दा भएको बताइएको छ ।

यसको अनुसन्धान सुरु भएको फ्रान्स सरकारले जानकारी दिएको छ । फ्रान्सेली सरकारका अनुसार यसको प्रारम्भिक रुपमा भएको अनुसन्धानबाट एकजना ३१ वर्षको ट्युनिसियाली मूलको फ्रान्सेली एक युवकको परिचय पत्र भेटिएको छ ।

तर यस समाचारको पुष्टि भने भएको छैन । ट्रकबाट भएको हमलापछि प्रहरीले ट्रकमा फायर गरेको थियो । सो फायरिङमा परी त्यस ट्रकका चालक मारिएको छ ।

आक्रमणकारी को हो भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले सो परिचय पत्रका आधारमा सो व्यक्ति भएको अनुमान गरेको छ । रासस÷एएफपी÷सिन्ह्वा