फेसबुके माया बिहेको तरखरमा

भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा सार्वजिनक एक अमेरिकी महिलासँग भारतियको फेसबुके माया बिहेको संघारमा पुगेपछि यो घटनाले भारतीय सञ्चारमाध्यमा खुबै चर्चा पाएको छ ।

भारतको उत्तर प्रदेशस्थित शाहजहापुरबाट प्रेमको एउटा रोचक कहानी बाहिर आएको हो । फेसबुकबाट शुरु भएको मित्रता प्रेममा बद्लिएपछि अमेरकाकी युवती भारतीय युवासँग विहे गर्ने भारत आइपुगेकी छन् ।

गरिब परिवारका भारतीय युवाको परिवार अमेरिकन युवतीसँग साइनो गाँस्न पाउँदा खुसी भएको छ। अमेरिकाबाट प्रेमीसँग लगनगाँठो कस्न भारत आइपुगेकी युवतीलार्इ हेर्न केही दिनयता मानिसको ताँतै लागेको छ ।

salman_Dona3-facebook-loveफेसबुकमा भेटिएको साथी सात समुद्र पार गरेर भारत आइपुगेकी युवतीको नाम डोना ग्रोवल रहेको छ । उनी अमेरिकाको डेलाबेयर राज्यमा बस्ने गरेकी छन् । डोना र शाहजहाँपुरका सलमान अख्तरबीच सन् २०११ जुलार्इमा फेसबुकमा भेट भएको थियो । उनीहरुबीच फेसबुक च्याटिङबाट शुरु भएको मित्रता प्रेममा परिणत भएको हो ।

आफ्नी अमेरिकी मित्र डोनासँग कुरा गर्न सलमान कुनै बेला साथीसँग पैसा सापटी लिएर फेसबुक चलाउने तथा फोन गर्थे । दुबैजनाको मित्रता विस्तारी प्रेममा बद्लिएको हो ।

फेसबुक च्याटमै नजिकिँदै गएपछि डोनालार्इ सलमान यति धेरै मन पराइन् कि एकै पटक नभेटेका सलमानसँग उनले अमेरिकाबाटै विहे गर्ने निर्णय लिइन् ।

सलमानसँग विहे गर्ने योजना बुनेर डोना अमेरिकाबाट सिधै भारत आइन् । उनी सलमानसँग विहे गर्नु पहिले सलमान र उनको परिवारसँग राम्ररी घुलमिल हुन चाहान्छिन् । उनले एक आपसमा राम्ररी घुलमिल र समझदारी कायम गरेपछि सलमानसँग विहे गर्ने भएकी छन् ।

डोना आफ्नो हुनेवाला जीवनसाथीलार्इ भेट्न केबल १ सय ८० दिनको टुरिस्ट भिसा लिएर भारत आएकी हुन् । १ सय ८० दिनमा उनी आफ्ना प्रेमीसँग खुसीसाथ दिन बिताउन चाहान्छिन् ।

डोनासँग सलमानको विहे गरिदिन सलमानको परिवार तयार भइसकेको छ। अमेरिका रहेका डोनाका परिवारले पनि सलमानसँग विहे गर्ने नगर्ने निर्णय लिने सबै जिम्मा डोनालार्इ नै सुम्पेको छ ।

केही समयअघिमात्रै भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्धलार्इ लिएर दुनियाँभर चर्चा भएको थियो ।

ओबामा र मोदीको चर्चासँगै यी अमेरिकन युवती र भारतीय युवाबीचको विहेको कुराले अमेरिकन नागरिक भारतीय भारतीय संस्कृति मन पराउन थालेको बताइन्छ । अब भारतीय र अमेरिकनहरु सलमान र डोनाको विहे हुने दिन कुरेर बसेका छन् ।