फेसबुकमा परिचित युवतिको बेइज्जती गर्ने पक्राउ

Facebook on anti-woman hate speechफेसबुकमा नयाँ पेज खोली परिचित युवतिहरूको गाली-बेइज्जती गर्ने २ युवकलाइ बेल्जियन प्रहरीले कार्यवाही अगाडि बढाएको छ ।
उत्तरी बेल्जियमको एक्लो र जेलजात नामक बजारका २ युवकले फेसबुकमा पेज खोली बेश्या भन्दै परिचित युवतिहरूको फोटो राखेका थिए । तिनले फोटोसँगै फोहोरी कमेन्टहरू पनि लेखेका थिए । यस वर्ष कै प्रारम्भमा पेजहरू हटाइएका भए पनि फेसबुक र माइक्रोसफ्टको सहयोगले १७ र २१ वर्षका २ केटाहरूको पहिचान भएको प्रहरीले जनाएको छ । ती युवकहरूमाथि घृणा फैलाएको मानहानीको मुद्दा लगाइएको र यो मुद्दालाइ अत्यन्त संवेदनशील रूपमा हेरिएको प्रहरीले बताएको छ ।
hate speech