फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

फिफाले  बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएकोfifa छ ।

गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान नेपालभन्दा एक स्थानमुनि अर्थात् १७६ औंँ स्थानमा छ ।

पाँच स्थानमा खस्किएको बङ्गलादेश वरियताको १९० आँै स्थानमा छ । दक्षिण एसियाका श्रीलङ्का र पाकिस्तान क्रमशः १९६ आँँैं र १९७ औँ स्थानमा छन् । त्यस्तै अफगानिस्तान पाँच स्थान खस्कँदै १५१ औँ स्थानमा पुगेको छ ।

फिफा वरियतामा पहिलो स्थानमा अर्जेन्टिना, दोस्रामा ब्राजिल तथा तेस्रामा जर्मनी छन् ।