प्र.म. कोइरालाद्वारा अमेरिकामा ‘नागरिकताको निरन्तरता’ प्रति प्रतिबद्धता

Shushil Koirala In USAगैर आवशीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाले स्वास्थ्य उपचारको क्रममा न्युयोर्कमा रहनु भएका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी प्रवाशी नेपालीहरुको साझा माग नेपाली नागरिकताको निरन्तरतालाई जोड दिएको छ । एनआरएन अमेरिकाको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशील कोइरालालाई उहाँ बस्नु भएको राष्ट्रसंघका लागि नेपाली मिशनको आवाशीय भवनमा बिहिबार भेटी ज्ञापन पत्र बुझाउने क्रममा एक पटकको नेपाली सधैंको नेपाली र दोहोरो कर प्रणालीको सम्बन्धमा नीतिगत निर्णय लिन आग्रह गरेको हो ।

एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अब बन्ने संबिधानमा एक पटकको नेपाली सधैंको नेपाली हुने संबैधानिक ब्यबस्था गर्न नेपाल सरकार समक्ष आग्रह गरेको हो । प्रतिनिधि मण्डलले बुझाएको ज्ञापन पत्रको जवाफमा प्रधानमन्त्री कोइरालाले दोहोरो कर प्रणालीको सम्बन्धमा स्वास्थ्य उपचार सकेर स्वदेश फर्किने बित्तिकै क्याबिनेट बैठक डाकेर नीतिगत निर्णय लिने र अब बन्ने संबिधानमा एक पटकको नेपाली सधैंको नेपाली हुने संबैधानिक ब्यबस्था गर्न आफुले सक्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

ज्ञापन पत्र एनआरएन अमेरिकाका महासचिब कृष्ण पोख्रेलले पढेर सुनाएका थिए भने प्रतिनिधि मण्डलमा गैर आवशीय नेपाली संघ अन्तराष्ट्रियसमन्यव परिषदका सदश्य नबिन सेरचन र सोनाम लामा समेत सहभागी रहेका थिए । भेटमा गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्यव परिषदका अध्यक्ष खगेन्द्र क्षेत्रीले प्रधानमन्त्री सुशील कोइरालाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।