प्रितीलाई सलमानको ढाडस

preityzintaकेही बलिवुड बृत्तमा अभिनेत्री प्रिती जिन्टा र उनका पूर्वप्रेमी नेसवाडीया बीचको विवाद चर्चित छ ।वाडियाले आफूलाई जथाभावी छामछुम गरेको भन्दै प्रीतिले यसविरुद्ध प्रहरीमा रिपोर्ट लेखाएकी थिइन् ।

यसबीचमा अर्को खबर आएको थियो वादियाले नयाँ गर्लफ्रेन्ड बनाएपछि सहन नसकेर प्रीतिले उनलाई नयाँ बिबादमा फसाएको आरोप प्रितीमाथि लागेको शुक्रबार साप्ताहिकले जनाएको छ ।

यस्तो हल्लाले प्रितीमाथि धेरैमा नकारात्मक भाव उब्जिएपछि बलिवुड स्टार सलमान खानले भने उनलाई फोन गरेर सन्चो बिसन्चो सोधेका थिए । कुनै सहयोग चाहिए निर्धक्क भन्न समेत सलमानले प्रितीलाई भनेका छन् ।

एक सार्बजनिक समारोहमा संचारकर्मीले सलमानलाई तपाइले प्रितीलाई कस्तो सहयोग गर्न चाहनु भएको हो रु भनि जिज्ञासा राखेका थिए, तर सलमान मौन रहे ।