प्रधानमन्त्री शुशील कोइराला बेल्जियम भ्रमणमा आउँदै

Sushil Koiralaप्रधानमन्त्री शुशील कोइराला सेप्टेम्बरको अन्तमा ब्रसेल्स भ्रमणमा आउने भएका छन् । सँयुक्त राष्ट्र सँघको महासभामा भाग लिएपछि फर्कने क्रममा युरोपेली सँघको राजधानी ब्रसेल्समा आउने कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री कार्यालय र ब्रसेल्सस्थित नेपाली राजदूतावास जुटीरहेका छन् । सेप्टेम्बर २९ मा आएर प्रधानमन्त्री अक्टोबर १ मा फर्कनेछन् ।

ब्रसेल्समा प्रधानमन्त्री शुशील कोइरालाको युरोपेली सँघका अध्यक्ष हर्मन भान रोम्पोइसँग भेटवार्ता गर्ने कार्यक्रम बनेको छ । बेल्जियमका कामचलाउ प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छलफलका क्रममा रहेको बुझिएको छ । त्यस्तै प्रधानमन्त्री कोइरालाले युरोपमा रहेका राजदूतहरूलाई निर्देशन दिने र बेल्जियममा रहेका नेपालीहरूसँग अन्तरकृया गर्ने कार्यक्रम रहेको छ ।