प्रधानमन्त्री कोईराला बेल्जियममा के गर्दैछन ?

प्रधानमन्त्री शुशील कोईराला आज सोमवार बिहानै ब्रसेल्स आईपुगेका छन| कोईराला संयुक्त राष्ट्र संघको महासभामा भाग लिएपछि स्वदेश फर्कने क्रममा बेल्जियमको राजधानीSushil-Koirala
ब्रसेल्स आईपुगेका हुन्| कोइरालासँगै भ्रमण टोलीमा सल्लाहकार, सुरक्षा गार्ड, परराष्ट्र सचिव शंकरदास बैराँगीसहित ११ जना रहेका छन्|

कोईरालाले केहीबेरमा युरोपियन काउन्सिलका अध्यक्ष हर्मन भान रोम्पोईसंग औपचारिक भेटघाट गर्दै छन् |यसैगरी युरोपियन कमिसनका अध्यक्ष र लक्जेम्बर्गका प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको ईयु तथा बेनेलक्सका लागि नेपाली दूतावास ब्रसेल्सका प्रतिनिधि लक्ष्मण खनालले इन्फोमालालाई जानकारी गराएका छन्|

आजै साँझ बेल्जियमस्थित दूतावास निवासमा युरोपेली मुलुकमा कार्यरत नेपाली नियोग प्रमुख (राजदूतहरू) को संयुक्त बैठकमा सहभागी भई आवश्यक निर्देशन दिने कार्यक्रम छ |

प्रधानमन्त्री कोइरालाको निर्देशन सुन्न जर्मनीका लागि कार्यवाहक राजदुत प्रकाशमणि पौडेल, डेनमार्कका लागि नेपाली राजदुत मुक्तिनाथ भट्ट, स्वीजरल्याण्डका लागि कार्यबाहक राजदुत सुरेश अधिकारी, रसियाका लागि नेपाली राजदुत डा. रविमोहन सापकोटा समेत उपस्थित हुने भएका छन |

हाल युरोपमा रहेका ७ नेपाली नियोग मध्ये बेल्जियम, डेनमार्क र रसियामा मात्र राजदुत छन् भने अन्य देशमा कार्यवाहक राजदुतले काम चलाउदै आएका छन् । सरकारले हालै नियुक्ति गरेका राजदुतहरु स्वीजरल्याण्डका लागि दिपक धिताल, फ्रान्सका लागि अम्बिका लुइँटेल संसदीय सुनुवाई सकेर एग्रोमो स्वीकृतिको प्रतिक्षामा छन |

बैठकमा विदेशस्थित नेपाली कूटनीतिक नियोगको अवस्था र नेपाल सरकारको नीति, नेपाली समुदायले विदेशमा भोगेका समस्या, पर्यटन प्रर्वद्धनका सम्भावना र आर्थिक कूटनीति जस्ता बिषयहरुको बारेमा प्रधानमन्त्रीलाई ब्रिफिंग गरीने भएको छ |

यसैगरी भोलि कोईरालाले लक्जेम्बर्गका प्रधानमन्त्री जेभियर वेतलसंग प्रधानमन्त्री कार्यालयमा औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ | लगत्तै साँझ युरोपियन कमिसनका अध्यक्ष जोसे म्यानुअल वारोसोसंग भेटघाट गर्नेछन्| भेटघाटको क्रममा द्विपक्षीय सम्वन्ध तथा आपसी हितका बिषयमा कुराकानी गरीने भएको छ|

भ्रमणको अन्तिम दिन बुधवार दिउँसो  गैरआवासीय नेपालीहरुसंग बेल्जियमस्थित दूतावास निवासमा भेटघाट तथा अन्तरक्रिया गरी कोईराला साँझ स्वदेश फर्किने छन|