प्रतिनिधि काव्ययात्राको दोश्रो श्रृङ्खला

Pratinidhi dot com logoप्रतिनिधि बेल्जियम डट कमको आयोजनामा यहाँ नियमित रुपमा सँचालन गरिँदै आएको प्रतिनिधि काव्ययात्राको दोश्रो श्रृङ्खला यही जुन १७ मा सम्पन्न भयो । नवोदित हस्ताक्षर, गजलकार विष्णु सापकोटाको लेखकीय केन्द्रीयतामा प्रस्तुत यात्राको अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरका अध्यक्ष विमल गिरी हुनुहुन्थ्यो ।

कार्यक्रममा सर्जकहरु विमल गिरीले मुक्तक, लोकसाहित्यका साधक एवँ गायक बलराम पुनले गीत र सँस्मरण, कलाकार एवं चितवन सहायता कोषकी अध्यक्ष पार्वती अधिकारीले कला र साहित्यवारे चर्चा र मोहन खत्री, माधव सापकोटा, शैलेस मल्ल र दीपेन्द्र के.सी.ले कविता प्रस्तुत गर्नुभएको थियो ।
काव्ययात्राका लागि आफ्नो अनुभव सहित विष्णु सापकोटाले गजलहरु प्रस्तुत गर्नु भएको थियो भने उहाँको लेखकीय अन्र्तवस्तुवारे काव्ययात्राका सँचालक दीपेन्द्र केसीले समीक्षा गर्नुभएको थियो ।

यात्राका प्रथम सर्जक मोहन खत्रीको सभापतित्वमा सम्पन्न यात्रामा एनआरएन बेल्जियमका उपाध्यक्ष बोधराज पौडेलले यहाँको साहित्यिक अवस्थावारे प्रकाश पार्नुभयो ।
सो अवसरमा आगामी तेश्रो श्रृङ्खला लोकसाहित्यका साधक एवँ गायक बलराम पुनसँग गरिने जानकारी गराइएको थियो ।