पूर्व प्रधानमन्त्री कोईरालाको निधनप्रति एनआरएनद्वारा शोक व्यक्त

sushil-koiralaनेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको निधनप्रति गैरआवासीय नेपाली संघ एनारएनले शोक व्यक्त गरेको छ । कोइरालाको निधनबाट एनआरएनले आफ्नो अविभावक गुमाएको अध्यक्ष शेष घलेले जनाएका छन् ।

एनआरएनका अध्यक्ष शेष घलेद्वारा जारी विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमीका खेलेका सुशील कोइरालाको निधनले मुलुकले अपुरणीय क्षति ब्यहोरेको उल्लेख छ ।