पुल नभए पनि विकासको फड्को

विकट गाउँहरुमा विकास विस्तारै पुग्दैछ तर कतिपय गाउँहरुको अनकन्टार भूगोलका कारण सजिलो छैन ।

यी गाउँहरुलाई विकासको पहुँचमा पुर्याउन प्राथमिकतामा पर्छ- यातायात । यसका निम्ति कतिपय ठाउँहरुमा यातायातका साधन पुर्याउनका लागि डोरी तथा फलामको तारमा बाँधेर खोलामाथिबाट जोखिम मोलेर वारपार गर्नुपर्छ ।

यस्तै अवस्था छ जाजरकोटमा, जहाँ जाजरकोटको नलगाड र रुकुम आठविसकोट नगरपालिकाको बीचमा रहेको भेरी नदीको लहरोबाट यातायातका साधन वारपार गर्न फलामे तारको सहायता लिइन्छ ।

तस्वीर: हेमन्त केसी, जाजरकोट (रासस)