पर्वतमा सुन्तला महोत्सव हुने

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा जिल्ला कृषि विकास कार्यालय पर्वतको आयोजनामा यही पुस ९ देखि १५ गतेसम्म महोत्सवको आयोजना गरिने भएको छ ।

Orangeपर्वतको कुश्मा नगरपालिकामा आयोजना हुने चौथो पर्वत लघु, घरेलु कृषि, वनजन्य औद्योगिक प्रदर्शनी एवम् कफी, लप्सी तथा सुन्तला महोत्सवमा स्थानीय लघु घरेलु तथा कृषि र वनजन्य उत्पादनको बिक्री तथा प्रविधि प्रदर्शनी, कफी, सुन्तला, जुस, मह, जडीबुटी, लप्सी, अदुवा, क्यान्डी तथा जैविक कृषि उत्पादन, ट्राउट माछा र दूधका परिकारका साथै लोक्ताको नेपाली कागज, अल्लोका कपडा, हस्तकलाका सामग्री महोत्सवमा प्रदर्शनी तथा बिक्री गरिने आयोजकले बताएको छ ।

महोत्सवबारे जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले दुई लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने र डेढ करोडबराबरको कारोबार हुने अपेक्षा राखेको बताएका छन् ।

‘स्थानीय उत्पादनको उपभोग गरौँ, लघु घरेलु उद्यमीलाई प्रोत्साहन गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको उक्त महोत्सवमा १५० वटा कक्ष राखिने छ ।