नोबेल शान्ति पुरस्कारमा स्नोडेनको चर्चा

यस वर्षको नोबेल शान्ति पुरस्कारका निम्ति एडवर्ड स्नोडेनको नाम अग्रणी रहेको नर्वेका संचार माध्यमहरूले चर्चा गरेका छन् । अमेरिकी सरकारले स्नोडेनलाई अपराधी भनेको छ । कतिपयले उनलाई नायक भनेर सम्बोधन गरेका छन् । तर के एडवर्ड स्नोडेनलाई यस बर्षको नोबेल शान्ति पुरस्कार मिल्ला त?
Edward-Snowdenकेहि बिशेषज्ञहरुले रुसमा शरण लिएर बसेका अमेरिकी राष्टिय सुरक्षा निकायका ती पुर्व कर्मचारीको नाम यस बर्ष उक्त पुरस्कारबाट सम्मानित भएको शुक्रबार घोषणा हुने अनुमान गरिरहेका छन् । स्नोडेनको चयन होला नहोला भन्ने चर्चाले  नर्वेमा नोबेल कमिटि कति स्वतन्त्र छ भन्ने विषयमा चलिरहेको विवादमा नयाँ इन्धन थपेको छ ।
अमेरिकी सरकारले ब्यापक स्तरमा गरिरहेको जासुसीका विषयमा सर्वसाधारणलाई सजक गराउँदै गत बर्ष थुप्रै गोप्य दस्तावेज सार्वजनिक गरेका स्नोडेनका बारेमा विज्ञहरुले नोबेल स्पर्धामा उनी सबैभन्दा माथि भएको पुर्वानुमान गरेका छन् ।
उनलाई बामपन्थी र समाजवादी सांसदहरुले मनोनयन गरेका हुन् । त्यसमा प्रमुख नर्वेली अखबारहरु र वकिल तथा अन्तराष्टिय प्राज्ञिक बर्गले समर्थन गरिहेका छन् ।  नोबेल पुरस्कारमा पनि विशेष सम्मानित मानिने उक्त पुरस्कार प्रदानस्नोडेनलाई दिइएला त ? कतिपयले प्रश्न गरिरहेका छन् । नर्वेली संसदबाट मनोनित नर्वेजियन नोबेल कमिटि प्रायः अमेरिकी चाहनाबाट प्रभावित हुन्छ भन्ने गरिन्छ । यदि यो पुरस्कार स्नोडेनले पाएमा नोबेल कमिटि स्वतन्त्रताबारे पनि थप चर्चा-परिचर्चा हुनेछ।