नेपाल अघि युरोपमा फन्को(फोटो फिचर)

 f4(नेपाल सरकारका पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय फिल्म ‘फन्को’ को शुभारम्भ गर्दै)

मानिसले कर्म रोज्छ  र कर्मले परिणाम रोज्छ। एकको कुभालोले सयौको भलो हुन्छ भने ईमान्दारिता र निष्ठामा प्रश्न उठ्छ भनेर डराउनु हुदैन, त्यहि गर्नु नै श्रेष्ठ हुन्छ,जुन मानिसको परिचय बन्छ । सिरसिर बर्सिरएको पानीमा जिपको ऐना सफा गर्दै देखिएका सौगात दर्शकलाइ यहि संदेश छाडेर बिदा लिन्छन  चलचित्र फन्कोमा।

माघ १ मा देशव्यापी प्रदर्शन थाल्ने फिल्म फन्कोले आफ्नो रेड कार्पेट प्रिमियर सोमवार बेल्जियममा गरेको छ । सुवर्ण थापाले आफ्नै पटकथालाई निर्देशन गरेको यस फिल्ममा जिपको मुख्य भूमिका रहेको छ भने ड्राइभरको रुपमा अभिनय गरेका छन सौगात मल्लले। उनलाई  सघाएकी छन् केकी अधिकारीले श्रीमतीको रुपमा ।
फिल्मले पैसालाइ मात्र सबथोक मानेर पैसाको पछी दौडने युवाहरुले समय र घटनाक्रमलाई बुझ्न नसक्दा कुन स्थिति सिर्जना हुन्छ भन्ने छर्लंग पारिदिएको छ। राजनीतिक नेताको पछी लाग्दा लाग्दा यता न उताको भए पछी निराशामा मानिसले हिंसाको बाटो अगाल्न पुग्छ , सामयिक राजनीतिलाई उजागर गरेको छ फिल्मले । fanko 1
दुई साता अघि आफ्नो फस्ट लुक सार्वजनिक गरेको फिल्मको ‘म त लोकल ब्युटी’ बोलको गीतले चर्चा कमाएको छ। गीतकी गायिका ईन्द्रिरा जोशी नायिका प्रियंका संग स्क्रिन सेयर गरेकी छन। त्यसै गरी फिल्ममा पेसेवर गुण्डाको रुपमा देखा परेका छन दयाहंग राइ । उनको साथमा छन् प्रियंका कार्की। पोखरा र दमौली आसपास छायांकन गरिएको फिल्मको संवादमा प्रयोग गरिएका आंचलिक शब्दले दर्शकलाई हँसाउछ भने रोमान्सका संवाद पनि उतिकै हाँसो लाग्दा छन। पात्रहरुको सरलताले फिल्मको सौन्दर्यता बढेको छ। प्रस्तुतिमा दर्शकहरुले बस्ताबिकताको आभाष गर्दछन।fanko 2
बेल्जियमका ब्यापारी शहदेब गौतम, पदम गुरुङ र नरेन्द्र महर्जनको लागानीमा निर्माण गरिएको उक्त फिल्मको प्रिमियरमा बेल्जियमका थुप्रै नेपालीहरु उपस्थित थिए। नेपाल सरकारका पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्यायद्वारा शुभारम्भ गरिएको कार्यक्रममा एनआरएनए सचिब अर्जुनकुमार श्रेष्ठ र एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले शुभकामना दिएका थिए।
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्वेश्यले बेल्जियमबाट शुरु गरिएको बताउदै निर्माताहरुले नेदरल्याण्ड,फ्रान्स,पोर्चुगल, स्पेन, डेनमार्क, अष्ट्रीया लगायत अन्य युरोपेली मुलुकहरुमा प्रदर्शन गरिने जानकारी गराए।