नेपाली वैज्ञानिक अष्ट्रेलियामा पुरस्कृत

raju-adhikari-scientist-australiaहाल अष्ट्रेलियामा कार्यरत नेपाली वैज्ञानिक डा. राजु अधिकारी र उनको अनुसन्धान टोलीका अन्य सदस्यलाई सीएसआइआरओ कृषि तथा खाद्य डिरेक्टर पुरष्कार प्रदान गरिएको छ।
डा‍. अधिकारीलाई कृषि उत्पादन बढाउन पोलिमर प्रविधिको विकास गरेकोमा संयुक्त रुपमा पुरष्कार प्रदान गरिएको हो । अधिकारीले चिकित्सा अप्लीकेशन्समा पोलिमर सम्बन्धी कामका लागि यसअघि सिएसआइआरओ तक्मा पनि पाएका थिए । उनी सिएसआइआरओका २ वटा सहायक कम्पनीमध्ये १ को आविष्कारक पनि हुन् ।