नेपाली र कोरियन साहित्यकारबिच अन्तरक्रिया

नेपाली साहित्य समाज (नेसास) दक्षिण कोरिया र कोरियन साहित्यकारहरूको बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली साहित्यकार र कोरियन साहित्यकारहरू बृहत उपस्थिती रहेको थियो ।

Nepali Korean sahityakarनेपालमा क्रियाशिल रहेको सँस्था नेपाल कोरियन कल्चर सेन्टरको शाखा कोरियामा पनि गठन गर्न आवश्यक पहल गर्ने र समय/समयमा कोरियन र नेपाली साहित्यकारहरू बिच अन्तरक्रिया कार्यक्रम गर्दै सष्ट्राहरुका रचनाहरू कोरियन र नेपालीमा भाषामा अनुवाद गर्ने र प्रकाशित गर्ने बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा छाङजाक २१ म्याग्जिनका सम्पादक मुन चाङ गिलले यस्ता कार्यक्रमले नेपाली साहित्यकारहरूले कोरियन साहित्यको बारेमा र कोरियन साहित्यकारहरूले नेपाली साहित्यको बारे बुझ्ने मौका मिल्ने हुँदा यस्ता कार्यक्रमले हुन जरुरी रहेको सुनाए ।

यस्तै आफ्नो धारणा राख्ने क्रममा कवि खिम ई ह्वाले नेपाली र कोरियन साहित्यकारहरूको बीचमा सहकार्य गर्दै अगाडी बदनुपर्ने यसरी काम गर्दा सजिलो पनि हुने सुनाए ।

उक्त अन्तरक्रिया कार्यक्रममा प्रविन राई, अनिल शर्मा सुबेदी , केशव चापागाई, श्रीराम तमु, स्मृति राई, सुवानी राई लगायत पत्रकार मञ्जु गुरुङ, निश्चल काउचा र किम ह्यो सले आफ्न-आफ्ना धारणा राखेका थिए ।

आफ्नो धारणा राख्ने क्रममै कोरियन पत्रकार तथा कवि किम ह्योङ ह्योले यस्ता कार्यक्रमले नेपाली र कोरियन साहित्यको बीचमा सेतुको काम गर्ने हुँदा समय/समयमा हुन अत्यन्त आवश्यक रहेको बताए ।