बेल्जियममा नेपाली मेला २२ फेब्रुअरीमा लुभेनमा हुने

NRNA Belgiumएनआरएन, बेल्जियमको आयोजना र बेल्जियमस्थित संघ संस्थाहरुको सहयोगमा गत केहि बर्षदेखी नेपालको पर्यटन र उत्पादनको प्रचार प्रसार हेतुले गर्दै आएको नेपाल फेष्टीवल कार्यक्रम  यस बर्ष १७ अप्रिल मा लुभेनको ट्रेन स्टेसन अगाडि आयोजना हुने भएको छ ।
सोहि कार्यक्रमलाई सफलतापूर्वक संपन्न गर्ने भन्ने बिषयमा छलफल गर्न निम्न मिती, समय र स्थानमा बैठक राखिएको गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव लोक दाहालले इन्फोमालालाइ जानकारी गराएका छन् ।
सोही दिन नेपाली दुतावास र एनआरएन, बेल्जियमको संयूक्त पहलमा एक अक्षयकोष स्थापना गर्ने बारे जानकारी दिइने बताइएको छ ।
बैठकमा बेल्जियमका संपूर्ण इच्छुक व्यक्तिहरूलाइ उपस्थित भईदिन अनुरोध गरिएको छ ।

स्थानः ओन्स हाउस लुभेन
मितीः २२ फेब्रुअरी २०१६
समयः  ११ बजे