नेपालीले लिए १२ लाख युरोमा बेल्जियमको कालप्ता

बेल्जियमको प्राज्ञिक एंव पर्यटकीय शहर लुभेनको केन्द्रमा रहेको कालप्ता रेस्टुरेन्ट नेपालीहरुले लिएका छन्| झन्डै डेढ दशक देखि बेल्जियममा बसोवास गर्दै आएका  युवा ब्यबसायी खड्कबहादुरKALP केसी र गोबिन्द सिंह अधिकारीका साथै तिन बर्ष अगाडी पोर्चुगलबाट बेल्जियम आएका झलक केसीले झन्डै १२ लाख युरोमा उक्त रेस्टुरेन्ट(घर) खरिद गरेका हुन् | यसै हप्ता घरको पुरै स्वामित्व लिएका तिन युवा ब्यबसायीहरुले अगस्त देखि रेस्टुरेन्ट संचालन गर्दै आएका थिए|

बिगत १३ बर्ष देखि संचालनमा रहेको उक्त रेस्टुरेन्ट लुभेन स्थित परिचित रेस्टुरेन्ट मध्ये एक हो| उक्त रेस्टुरेन्टमा युरोपियन,एसियन र साउथ अमेरिकन गरी १० देशका खाना रहेका छन| १८ बर्ष अगाडी संचालनमा रहेको बेल्जियमको प्रसिद्व टेलिसिरियल कालिप्तुसको एक हास्य पात्र कालिप्ताको नाममा रेस्टुरेन्ट संचालन गरीएकोले बेल्जियन नागरिक बीच उक्त रेस्टुरेन्ट परीचित छ| बिभिन्न खानाको मसलाको  स्वाद सुग्ने पात्रको अभिनय गरेको कालिप्तुसको नामबाट स्थापना गरीएको कारण दश देशको विभिन्न खाना राखेको खड्क केसी बताउछन् |

लुभेनको स्टेशनबाट करिब २० मिनेटको पैदल दुरीमा रहेको तिन तले उक्त रेस्टुरेन्टको भूई तला र पहिलो तलामा गरी १४० सिट क्षमता रहेको छ| दुवै तलामा दश देशका बिशेषता झल्कने विभिन्न सामाग्रीहरुले सिगारीएको छ| बिभिन्न देशका खाना एकै ठाउमा पाईने हुदा कालप्ता ग्राहकको रोजाईमा पर्ने अर्का ब्यबसायी गोविन्द सिंह अधिकारी बताउछन|

बेल्जियममा रहेका नेपालीहरुले पछिल्लो दशक देखि व्यवसायमा लागेको अनुभब सुनाउदै एक्लैले ब्यबसायिक प्रतिस्पर्धा गर्न अझै गाह्रो रहेको बताउदै सामुहिक लगानीमा जोड दिनु पर्ने आवश्यकता रहेको अर्का ब्यबसायी झलक केसी बताउछन|KALAPTA

नेपालको पर्वतका  खड्क बहादुर केसी र  झलक केसी एंव गुल्मीका  गोविन्द सिंह अधिकारी  यहाँको समाजमा राम्ररी घुलमिल भै नेपाली सामाजिक गतिविधिहरुमा पनि सक्रिय रहेका छन्| साग्रिला समाज बेल्जियमका अध्यक्ष खड्क बहादुर केसी बेल्जियमको स्थानीय तथा संसदीय निर्वाचनमा उम्मेदवार समेत रहेका थिए भने पोर्चुगलमा समेत ब्यबसाय रहेका झलक केसी एनआरएन पोर्चुगल संस्थापक महासचिब रही हाल बेल्जियमका नेपाली गतिविधिमा सक्रिय छन | त्यसै गरी अर्का ब्यबसायी गोबिन्द सिंह अधिकारी क्षेत्री समाज बेल्जियमको महासचिब रही सामाजिक गतिविधिमा सक्रिय छन |

सन् २०११ को सरकारी तथ्यांक अनुसार लुभेनमा आप्रवासीहरुको सूचिको छैटौ स्थानमा रहेका नेपालीले लुभेन सहर भित्र २५  भन्दा बढी ब्यबसाय संचालन गर्दै आएका छन् |