नेपालको लगातार चौथो जित, फाइनलमा आयरल्याण्ड संग भिड्दै

आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा नेपालले आयरल्याण्डलाई आठ
21102015123549nepal_cricket-600x0 विकेटले पराजित गर्दै लगातार चौथो जीत दर्ता गरेको छ । जीतसँगै नेपाल जारी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबारको हारेपनि आयरल्याण्ड पनि फाइनलमा पुगेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमामा भएको प्रतियोगितामा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाई १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्य लिई मैदानमा प्रवेश गरेको नेपालका लागि ओपनर सन्दीप सुनारले ८५ र सुनिल धमलाले ७५ रन बनाउँदै उत्कृष्ट पारी बनाउनुभएपछि नेपालले सहज रूपमा लक्ष्य भेट्टाएको थियो । त्यसैगरी राजु रिजालले १६ र योगेन्द्र सिंह कार्कीले चार रन बनाउँदै अविजित रहनुभयाे ।

आयरल्याण्डलाई कम स्कोरमै समेट्न नेपालका लागि स्पिनर प्रेम तामाङले चार, ललितनारायाण राजवंशीले दुई, सुशील कँडेलले एक विकेट लिनुभएकाे थियाे ।फाइनलमा नेपालले बिहीबार फेरि आयरल्यान्डको सामना गर्नेछ । यस अघि नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जीत हासिल गरेको थियो । तेस्रो खेलमा अमेरिकालाई छ विकेटले पराजित गरेको थियो ।

नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने यु–१९ विश्वकपमा स्थान सुरक्षित बनाउन बिहीबार हुने फाइनलमा आयरल्याण्डलाई हराउनुपर्नेछ ।

तस्विर :आइसीसी