नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना उड्यो

लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो ।

खराब प्रदर्शन गरेको नेपाल ६ खेलबाट ३ अंकसहित समूह एको छैटौं स्थानमा झरेको छ । ४ अंकका साथ पाँचौं स्थानमा उलिक्लएको जर्सीको भने सम्भावना कामयै छ ।

डब्लिनमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो ।

नेपालको ब्याटिङ फेरि एक पटक असफल रहृयो । सातौं नम्बरमा ब्याटिङ गरेका डेब्यू ब्वाइ सिद्धान्त लोहनीले आक्रामक पारी खेल्दै नेपालको स्कोर एक सय कटाए ।

उनले १६ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए । ज्ञानेन्द्र मल्लले २६ रन बनाए भने शरद भेसवाकर १६ र पारस खड्का ११ रनमा आउट भए ,। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि, हिजोको खेलमा नेपालले तेस्रो पराजय ब्यहोरोको थियो ।

टि-२० विश्वकप क्रिकेट छनोट चरणमा तेस्रो पराजयसँगै नेपालको टि-२० विश्वकप खेल्ने निकै कमजोर भएको छ । नेपाललाई प्रतियोगितामा आफ्नो सम्भावनालाई कायम राख्नका लागि आजको खेल जुनसुकै हालतमा जित्नुपर्ने थियो तर, पपुवा न्यु गिनीसँग ८ विकेटले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना अति नै कमजोर भएको हो ।
nepal-v-png९४ रनको झीनो विजय लक्ष्य पछ्याएको पपुवा न्यु गिनीले मात्र १४ ओभर १ बल खेल्दै विजय लक्ष्य भेट्टाएको थियो । पपुवा न्यु गिनीका लागि असाद भालाले सर्वाधिक ३४ रन बनाउने क्रममा अविजित रहे भने टिपी उराले ३२ रन र किला पालाले अविजित २२ रन जोडेका थिए । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले समान १-१ विकेट लिएका थिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरको खेलमा ३ बल बाँकी रहँदा आफ्ना सबै विकेट गुमाएर मात्र ९३ रन जोड्न सफल भएको छ ।

नेपालका लागि प्रदीप ऐरीले २९ रन जोडेका थिए भने सागर पुनले १५ रन, शरद भेष्वाकरले ११ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका ३ ब्याट्स्म्यान रन आउट भएका थिए ।

 

  • Post category:खेल