“नेपालकी साथी” आन पनि चुनावमा

नेपाली बालबालिकाहरू ‘मिस’ भनेर चिन्छन् उनलाई । अँगालो मार्छन् । उनिसँगै रमाउँछन । खुशीले गदगद हुन्छन् ।  युरोपेली आमाका यसरी रमितिने नेपाली सन्तान हुन्- सडक बालबालिका र  असहाय  अनाथहरू । नेपालमा समाज सेवामा जीवन अर्पेकी यी ‘नेपालकी साथी’ नेपालीहरूको बाक्लो बस्ती भएको बेल्जियमको लुभेन क्षेत्रबाट सँसदको उमेदवार बनेकी छन् ।

Groen An, Anne n Khadka KC

उनै मिस उपनामले चिनिने आन मारेनहाउट(An Moerenhout) बेल्जियममा यहि मे २५ मा हुन गैरहेको भ्लाम्स संसदको निम्ति Groen पार्टीबाट उम्मेदवार हुन ।

विद्यार्थी जीवनमा ८ वर्षअघि आफन्तसँग उनी पहिलो पटक नेपाल भ्रमणमा गएकी थिइन् । भक्तपुर जाने क्रममा शंकर नामको नेपाली विद्यार्थी भेटिन । जब उनलाई थाहा भयो कि उसलाई शिक्षा र स्वास्थ्यको लागि सहयोगको आवश्यकता छ, आफु उच्च शिक्षाको बिधार्थी रहेको बेला भेटेको अर्को बिधार्थीको भावना सजिलै बुझिन|जब उनि बेल्जियम फर्किन, आफ्ना साथीहरुसँगै मिलेर उही बिधार्थीको नामबाट शंकर (sankarproject) प्रोजेक्ट खोलिन र शंकर जस्ता थुप्रै बिधार्थी संकलन गरेर उनीहरुको सेवामा जुटिन्|प्रायः जसो समर भ्याकेन्सी मनाउन नेपाल जाने उनि पहिले तिनै बिधार्थी भेट्न पुग्छिन| उनीहरुका बाबुआमा सगै रमाईलो गर्ने गर्छिन|१२० जना बिधार्थी उनका वरीपरी खेलिरहदा समर भ्याकेन्सीमा निकै आनन्दको अनुभूति गर्छिन|

An Groenयो अनुभूति उनि निर्वाचन पछी बेग्लै मज्जाले लिन चाहन्छिन निर्वाचन पछिको पहिलो तलब तिनै बिधार्थिहरुको थप हेरचाहको लागी खर्चेर| तिनै बिधार्थीको मायाले प्राय उनि समर भ्याकेन्सी मनाउन नेपाल जाने गर्दछिन |६ पटक नेपाल भ्रमण गएकी आन नेपाल र नेपालीहरुलाई अत्यान्तै नजिकबाट चिन्दछीन|नेपालका विधार्थीहरु सग मात्र होईन बेल्जियममा भएका नेपालीहरु माझ पनि उत्तिकै नजिक छिन|नेपालीहरुद्वारा आयोजना गरीने विभिन्न कार्यक्रममा सहभागी हुदै दुखसुखमा साथ समेत साथ दिने गर्छिन| ‘प्रवासमा बस्ने सबैले आफ्नो भाषा संस्कृति जोगाईरहनु पर्छन’ – उनि भन्छिन| त्यसैले होला साग्रीला समाज बेल्जियमले नेपाली भाषाकक्षा संचालन गर्न कक्षाकोठाको कठिनाई परेको बेला क्याथोलिक विश्वबिधालय अन्तर्गत कोठाको बन्दोवस्त गराईदिईन| पटक,पटक उनले लोको र क्याथोलिक बिश्वबिद्यालयको सहकार्यमा कार्यक्रम नेपाली बिधार्थी जम्मा गरेर बेल्जियममा रहेको शिक्षा प्रणालीबारेमा पनि जानकारी गराईन|

बिधार्थीकाल देखिनै सामाजिक कार्यमा संलग्न उनि मानिसका मानवीय संवेदना सजिलै बुझ्छिन|झन्डै पाच वर्ष अघि केहि सुबिधाको माग राखेर बेल्जियममा हडताल गरीरहेको नेपालीहरुलाई समेत राय सल्लाह र सुझाव दिदै सहयोग गरीन|उनको योगदानले कतिपयले सुबिधा पाए भने कतिपय बन्चित रहे |अहिले पनि सम्झिन्छन सुबिधाबाट बन्चित भएकाहरुलाई|’उनीहरुले पनि मानवीय हिसाबले समान अवसर पाउनु पर्छ’ उनि भन्छिन|उनको खुशी सग नेपालीको खुशी जोडिएको छ भने नेपालीको खुशी उनको खुशी सग जोडिएको छ|प्राय नेपालीहरु भन्छन त्यो क्षण पक्कै आउने छ| Groen पार्टीबाट Vlaams Parlement उनी दोस्रो नम्बरकी उमेदवार हुन्|

उनको साथ खडा भएकी छिन एक नम्वरमा Anne Dedry. उनि भने केन्द्रीय संसद सदस्य (Federal parlement) को लागी निर्वाचन लड़दैछिन |झन्डै ३० वर्ष सामाजिक क्षेत्रमा आफ्नो जीवन बिताएकी आनले दश वर्ष अगाडी हेल्थ सेन्टर खोलेर बृद्व-बृद्वाको सेवामा लागीन|बृद्वा र रोगी मानवको सेवा गर्नु नै उनको उद्वेश्य रहेको छ|संस्था मार्फत उनले बिरामीहरुलाई उपचारको लागी जानकारी,औषधि सम्वन्धि जानकारी तथा प्राथमिक उपचारमा सहयोग AnneDedryगर्दै आईरहेकी छिन|अफ्रिकन मुलुकका गरिब बालबालिकालाई समेत शिक्षा र स्वास्थ्यमा सहयोग गरेकी आन्ना भन्छिन कतिपय अवस्थामा उपचार गर्न नसकिने अवस्था हुन्छ त्यसैले उपचारको शुल्क हटाउनु पर्छ,डाक्टरहरुले बिना शुल्क सेवा दिनु पर्छ,आकस्मिक उपचारमा शुल्क लिनु हुदैन|यस्ता माग राखेर समाज परिवर्तनको लागी राजनीतिमा लागेकी आन्नाने संस्था मार्फत फ्लान्दर क्षेत्रमा बिसौ हजारलाई सेवा प्रदान गरीसकेकी छिन| पार्टीको सूचिमा अग्रपंक्तिमा रहेकी आन  निर्वाचनमा विजयी हुने प्रबल संभावना छ ।

Hermes Groenत्यसै गरी Vlaams Parlement को लागी एक नम्बरमा रहेका छन्- Hermes Sanctorum |फ्री विश्वबिद्यालय ब्रुसेल्सबाट Dioxins (धातु र अक्सिजनको मेल)सम्वन्धि बिषयमा पीएचडी गरेका हेर्मेसले मानिस स्वस्थ रहन बाताबरण शुद्ध रहनु पर्छ भन्ने मान्यता राखेर बाताबरण प्रदुषण हटाउने कार्यमा कार्य गर्दै आईरहेका छन्|सन् २००९ मा भ्लाम्स संसदका लागी निर्वाचित उनि पुनः दोश्रो पटक निर्वाचनको लागी उम्मेदवार रहेका छन| सन् २००१ देखि २००६ सम्म ओभाराईज नगरपालिकामा स्क्यापेनको रुपमा काम गरीसकेका वायोलोजिकल इन्जिनियरका रूपमा चिनिने हेर्मेस युवा नेताका रुपमा चर्चित छन्|

Groen An, Anne n Khadka
यसै गरी संसद सदस्यको लागी नेपालीमूलका खड्क बहादुर केसी पनि सोहि पार्टीबाट दश नम्वरमा रहेका छन्|बेल्जियमको राजनीतिमा चर्चित अनुहार केसीको विचारका बारेमा थप जानकारी लिन यस लिङ्कमा क्लिक गर्नुहोला|