नेदरल्याण्डस् महारानी बेत्रिसले राजगद्दी त्याग्ने

Netherlands Future king Willem and queen
Netherlands Future king Willem and queen
नेदरल्याण्डस् की महारानी बेत्रिसले राजगद्दी आफ्नो जेठो छोरालाइ हस्तान्तरण गर्ने भएकी छन् । यसै अप्रिल महिनाको अन्तदेखि विलेम अलेक्जान्डर नेदरल्याण्डस् को राजा हुनेछन् । महारानी ब्रेत्रिस आफू ७५ वर्षको भएपछि राजगद्दी छोराको निम्ति त्याग गर्ने इच्छा राखेकी हुन् ।
यसैबीच निकट भविष्यका राजा विलेम र उनकी राजकुमारी माक्सीमाले दिएको टीभी अन्तर्वार्ता नेदरल्याण्डस् का एक तिहाइ जनसँख्याले हेरेको बताइएको छ । उनले आफू पक्का ‘सेरेमोनिल राजा’ बन्ने बताए । टीभी दर्शकहरूमा गरिएको एक सर्वेक्षणमा ९० प्रतिशतले विलेम एक असल राजा हुने विश्वास ब्यक्त गरेका छन् ।