निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?)
classroomबेल्जियममा फ्लेमिस सरकारले, निम्न आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ Studietoelagen भनिन्छ  । यो सुबिधा भाषाका पाठशाला उच्चबिधालयहरुमा गएका बच्चा जवानका अभिभाबकहरुले पाउने प्राबधान छ । यो रकम महिनावारी पाउने बच्चाहरुको भत्ता भन्दा अलगै हो र यो बर्षमा एकपटक अनि भर्नेहरूले मात्रै पाउने सुबिधा हो । यो पनि ठिक करको जस्तै पोहरको आम्दानी यो साल भर्ने अनि अर्को बर्ष भुक्तानी हुने गर्छ ।
के मैले पनि भर्न र यो आर्थिक सहयोग पाउछु?
पक्कै: यदि,
) मेरो बच्चा फ्लेमिस पाठशालामा भर्ना भएको छ ।
) मेरो बेल्जियममा बस्ने नागरिकता वा अन्य अनुमतिको कागज   ।
) बार्षिक सरकारले तोक्ने अत्याधिक आम्दानी भन्दा बढी मेरो आम्दानी छैन ।
) मेरो कम्तिमा पनि बैंक-खाता  ।
) मेरो बच्चा बेल्जियमको पाठशालामा तोकिएको नियम भन्दा बढी दिन गयल छैन ।
 
कहिले सम्म भर्नु पर्ने?
हरेक बितेको सालको विवरण  अनलाइनमा हाल सालको जुलाई १ भित्र भरिसक्नु पर्छ । यदी कागजमा भरेर पठाउनु हुन्छ भने सोहि मिति भित्र पुगेकोहुनुपर्छ, अर्थात जुनको २९ तारिक भित्र हुलाकमा निम्न ठेगाना लेखि  भुझाएको हुनुपर्छ –
Vlaams Ministerie van Onderwijs en Vorming
Afdeling Studietoelagen
Hendrik Consciencegebouw Koning Albert II-laan 15
1210 Brussel
 
के यो आर्थिक सहयोगले मेरो तिर्नुपर्ने कर बढ्छ ?
यो तपाइले सरकारी अनुदान स्वरूप पाउने रकम हो । अरु आम्दानी जस्तो सरकारी कर संग कुनै पनि सरोकार हुदैन ।
मैले कति सहयोग पाउछु ?
कति फिर्ता पाउने, निम्न कुराहरुमा भर पर्छ –
पारिवारिक आम्दानी कति ?
परिवारमा जम्मा कति जना छन् ?
बच्चा कति कक्षामा ?
नियम भन्दा बढी गयल कि छैन ?
यी सबै कुरामा भर पर्छ ;
 
साधारण तय देखि कक्षामा जाने जना विद्यार्थी छन् परिवारमा जनाको मात्रै पुरा काम भने  लगभग १००० यूरो जति पाउछ I
२०१६ को लागि कम्तिमा २५६.३३ यूरो देखि बढीमा  ३४५५,०२ यूरो सम्म फिर्ता पाउने प्राबधान छ ।
 
कति आम्दानी भएपछि पाउदैन ?
बढी र कम को तोकिएको नियम,  रकम बर्षेपिच्छे सरकारको बजेट योजना अनुसार परिबर्तन हुन्छ ।
२०१६ मा एउटा परिवारको वार्षिक ६४,२१५.७६ युरो भन्दा बढी आम्दानी छ, भने यो सहयोग पाइदैन ।
कसरि भर्ने ?
यो भर्न सजिलो  ।  बाबु वा आमा मध्ये एकको पुरा विवरण अनि बालबालिकाको विवरण जादै गरेको पाठशालाको नाम ठेगाना मात्रै भर्ने हो । विवरण ठिक छैन  पुरा हाजिरी छैन , बाकी कुरा मन्त्रालयले पाठशाला संग बुझ्छ ।
हरेक पाठशालामा पनि माग्न सकिन्छ वा http://onderwijs.vlaanderen.be/nl/home बाट पनि प्रिन्ट गर्न सकिन्छ ।
अनलाइन वा कागजमा भर्दा साचों विवरण मात्रै दिनु पर्छ ।  अन्यथा फाइन पनि तिर्नु पर्ने हुनसक्छ । समयमै फारम भरि आफ्नो आर्थिक सहयोगसुरछित राख्नुहोस ।
हरीकृष्ण  श्रेष्ठ
हाल:  ब्रसेल्स,  बेल्जियम