नर्वेमा पहिलो पटक देवकोटाको सम्झना

युरोपेली मुलुक नर्वेमा पहिलो पटक नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरिएको छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको आयोजनामा मंगलवार नर्वेको बोडोमा भएको १०८ औ लक्ष्मी जयन्ती कार्यक्रममा कविहरुले देवकोटाको चर्चा परिचर्चा गर्दै सम्झनामा आ आफ्ना रचना वाचन गरेका थिए । अनेसास नर्वेले आयोजना गरेको यो पहिलो कार्यक्रम हो ।6

देवकोटाको तस्विरमा फूलमाला अर्पण गर्दै राष्ट्रियगानबाट शुरु गरिएको कार्यक्रममा खुम ढकाल, देवी चरण चम्लागाँई, र बिष्णुमायाले आ आफ्ना रचना वाचन गरेका थिए । साथै सुदर्शन पोखरेलले इन्टरनेट मार्फत आफ्नो रचना सुनाएका थिए ।8

त्यसै गरि सस्थाका सल्लाहकार डिल्लीराम आचार्यले देवकोटाको साहित्यिक यात्रा र देवी चरण चम्लागाँईले देवकोटाको जीवनीबारे प्रकाश पारेका थिए भने अतिथि प्रवल थापाले नव गठित समितिलाई शुभकामना दिएका थिए ।2

45महसचिव बरुण पौडेलले संचालन गरेको कार्यक्रममा सुदिप क्रान्ति तिवारीले स्वागत गरेका थिए । प्रवासमा नेपाली भाषा साहित्यको प्रवर्द्धनमा अनेसास नर्वे सधै सक्रिय रहने अध्यक्ष बिष्णुमाया बिभुले बताइन।7

प्रवासमा नेपाली भाषा साहित्यको पवर्द्धन गर्ने उद्वेश्यले बिष्णु मायाको संयोजकत्वमा गठित तदर्थ समितिको आयोजनामा मंगलवार भएको भेलाले बिष्णुमाया विभुको अध्यक्षमा उपाध्यक्ष खुम ढकाल, महासचिब बरुण पौडेल, कोषाध्यक्ष सुमन धिमाल र  सरिता थापा , दिपक महत , देवी चरण चम्लागाँई , प्रदिप अधिकारी , दुर्गा प्रसाद न्यौपाने , सुदिप क्रान्ति तिवारी , ऋतु जाङ्ग्रा , बखत छन्त्याल र  कृष्ण कुँवर सदस्य रहेको १३ सदस्यीय समिति गठन गरेको थियो ।