नर्वेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन

narwoyप्रवासमा नेपाली भाषा साहित्यको पवर्द्धन गर्ने उद्वेश्यले युरोपियन मुलुक नर्वेमा रहेका नेपालीहरुले मंगलवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको गठन गरेका छन । बिष्णुमाया विभुको अध्यक्षमा गठित समितिमा उपाध्यक्ष खुम ढकाल, महासचिब बरुण पौडेल र कोषाध्यक्षमा  सुमन धिमाल निर्वाचित भएका छन ।

आगामी दुई वर्षे कार्यकालको लागि सदस्यमा  सरिता थापा , दिपक महत , देवी चरण चम्लागाँई , प्रदिप अधिकारी , दुर्गा प्रसाद न्यौपाने , सुदिप क्रान्ति तिवारी , ऋतु जाङ्ग्रा , बखत छन्त्याल , कृष्ण कुँवर निर्वाचित भएका छन् । त्यसै गरि डिल्लीराम आचार्य, लोक सुब्बा र कुमार पण्डित सल्लाहकारमा चयन भएका छन् ।