नयाँ बर्षको अवसरमा एनआरएन बेल्जियमद्वारा सांस्कृतिक कार्यक्रमको आयोजना

नेपालबाट कलाकार आउने, संकलित रकम राहतकोषमा जम्मा गरिने

एनआरएन बेल्जियमले नेपालबाट कलाकार झिकाई नयाँबर्ष २०१४ इ.सं. को अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ| आउँदो जनवरी ४ मा आन्त्वेर्पेंनमा हुन गैरहेको कार्यक्रमको लागी हास्य कलाकार मनोज गजुरेल,लोक गायक पशुपति शर्मा र गायिका रिता थापा बेल्जियम आउदै छन्|
सास्कृतिक कार्यक्रमबाट संकलित रकम एनआरएन राहतकोषमा जम्मा गरिने छ|बिदेशमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने हेतुले एनआरएन बेल्जियमले केहि महिना अगाडी ‘एनआरएन राहतकोष’ को स्थापना गरेको थियो|स्थापना कोषबाट असहज स्थितिमा रहेका नेपालीलाई सहयोग गर्न शुरु गरेको एनआरएनले जनाएको छ|
NRN2014 program