धुम–थ्रीले सबै रेकर्ड तोड्यो

Dhoom 3 (2013)बलिउड अभिनेता अमिर खानद्वारा अभिनित फिल्म धुम–३ ले बक्स अफिसमा धमाका मच्चाएको छ। धुम–थ्रीले ७ दिनमा विश्वभर गरी करिब ३ सय ४० करोडको व्यापार गरेर शाहरुख खानको फिल्म चेन्नई एक्सप्रेस र अमिरको आफ्नै फिल्म थ्री इडियट्सको सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ।

२०१३ को फिल्म धुम–३, सँग रितिक रोशनको फिल्म कृष–३, र शाहरुख खानको फिल्म चेन्नई एक्सप्रेस पछाडि परेका छन्। बलिउडको सबै रेकर्ड तोडिसकेको धुम–थ्री धुमधामको साथ निरन्तर नयाँ रेकर्ड कायम गर्न अगाडि बढिरहेको छ। यो फिल्मले ५ सय करोडभन्दा बढी कमाउन सक्ने फिल्म समीक्षकहरुले बताएका छन्।

धुम–थ्रीको हिन्दी भर्सनले भारतमा पहिलो हप्तामै १ सय ७८ करोड नेट कलेक्सन गरेको थियो। अरू विभिन्न देशमको सय करोड गरी विश्वभर ७ दिनमा ३ सय ४० करोडको व्यापार गर्न सफल भएको हो। यो फिल्म भारतस्थित मुम्बईको ४० देखि ४५ प्रतिशत, गुडगावमा ५५ देखि ६० प्रतिशत र कानपुरको ४५ प्रतिशत हलमा प्रदर्शन भइरहेको छ। नेपालमा समेत यसले दर्शक तानिरहेको छ।