धर्मनिरपेक्षको नाममा हिन्दू संस्कार मास्ने अभियान- कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले तीन दलका शीर्ष नेताले सिन्डिकेट लादेर संविधान ल्याउन खोजेको आरोप लगाएका छन् ।

kamal-thapaशुक्रबारको संविधानसभाको बैठकमा संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि टिप्पणी गर्दै अध्यक्ष थापाले केही नेताहरुले संविधानका नाममा ‘हाइब्रिड सन्तान’ जन्माउन खोजेको आरोप लगाए ।

‘हिन्दूको धर्मग्रन्थ गीतामा भगवान कृष्णले वर्णशंकर (हाइब्रिड) सन्तान जन्मेपछि कुल वंशको नाश हुन्छ भन्नुभएको थियो’, थापाले भने, ‘अहिले केही नेताहरु नाश हुने वर्णशंकर संविधान ल्याउन लागेका छन् ।’

अध्यक्ष थापाले बैठकमा बोल्दै धर्मनिरपेक्षताको नाममा दलहरु हिन्दू धर्मको संस्कार मास्ने अभियानमा लागेको आरोप समेत लगाए ।